२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले माग्यो १२ औं तह बढुवाका हुन चाहनेको व्यक्तिगत विवरण (फारमसहित)

स्वास्थ्य मन्त्रालयले माग्यो १२ औं तह बढुवाका हुन चाहनेको व्यक्तिगत विवरण (फारमसहित)


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहमा बढुवा सिफारिस गर्नको लागि ११ औं तहमा ५ वर्ष सेवा अवधी पुगेका स्वास्थ्यका कर्मचारीको व्यक्तिगत विवरण माग गरेको छ ।

गत असारसम्ममा ११ औं तह भएको ५ वर्ष पुरा भएकोे नेपाल स्वास्थ्य सेवा विभिन्न समूह तथा उपसमूहका कर्मचारीको व्यक्तिगत विवरण माग गरेको हो । मन्त्रालयले आगामी १४ पाैषभित्र आफ्नो व्यक्तिगत विवरण भरी बढुवा समितिको सचिवालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पढाउन भनेको छ ।

स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचनामा १२ औं तह (सचिव स्तरिय)का तीन जना प्रमुख विशेषज्ञ रहने व्यवस्था गरेको छ । तीन मध्ये दुई जना मन्त्रालयमा रहन्छन् भने एक जनाको दरवन्दी स्वास्थ्य सेवा विभागमा माहानिर्देशकको रुपमा रहनेछ ।

मन्त्रालयमा नीति योजना तथा अनुगमन र गुणस्तरमापन तथा नियमन तर्फ एक जना र जनसंख्या र स्वास्थ्य समन्वयमा १ जनाको दरवन्दी रहेको छ ।

तीन दरवन्दीमध्ये दुई वटा दरवन्दी २१ महिनादेखि खाली रहेको छ भने विभागको दरवन्दी तत्कालीन महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको गत भदौमा अनिवार्य अवकाशपछि खाली रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ