२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडोटीमा नि:शुल्क बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिए

डोटीमा नि:शुल्क बन्ध्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिए


डोटी-डोटीमा आयोजित निशुल्क परिवार नियोजन स्थायी बन्याकरण शिविरबाट दुई सय सात जनाले लाभ लिएका छन् । स्वास्थ्य कार्यालय डोटीको आयोजनामा जिल्लाका सबै स्थानीय तहमा शिवीर संचालन भएको थियो।

मंसिर २९ गतेबाट संचालन भएको शिविरमा १ सय ५८ जना महिलाले स्थायी बन्ध्याकरण (मिनिल्याप) गराएका छन् भने ४९ जनाले पुरुष स्थायी बन्याकरण ( भ्याक्सोटमी) गराएका छन्।

त्यस्तै ७ जना महिलामा इम्प्लान्ट राखिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सुर्य विष्टले बताए।

डोटीका विभिन्न ९ स्थानमा संचालन भएको शिविरमा पुरुषभन्दा महिलाको सहभागीता बढी रहेको उनले बताए। विभिन्न सांस्कृतिक कारण, डराउने तथा कमजोर र अप्ठ्यारो हुने सोचका कारण पुरुषको संख्या कम भएको सुपरभाइजर विष्टले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ