२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएपी क्याटको पाँचौ सम्मेलन आगामी मंसिरमा नेपालमा

एपी क्याटको पाँचौ सम्मेलन आगामी मंसिरमा नेपालमा


भरतपुर–सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन आगामी वर्ष नेपालमा हुने भएको छ ।

भरतपुर महानगरपालीकाले आयोजन गर्ने सो सम्मेलन आगामी १६ देखि १८ मंसिर (१ देखि ३ डिसेम्बर २०२०) मा हुने मेयर रेणु दाहालले जानकारी दिइन् । आइतवार महानगरपालीकामा बसेको सराेकारवालाहरूकाे सर्वपक्षीय बैठकले सो मितिमा सम्मेलन गर्ने तय गरेको हाे ।

भेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट करकोषका सदस्य सचिव पुष्कर नेपाल, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ, द युनियन एसिया प्रसान्त क्षेत्रका उपमहानिर्देशक डा. तारा सिंह बम, एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो । एपिक्याटको मिति घोषणा संगै भरतपुरलाइ सुर्तिजन्यपदार्थ मुक्त महानगर बनाउने अभियान अगाडी बढाउने निर्णय भएको दाहालले जानकारी दिइन् ।

असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले आगामी सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गरेको थियो । एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस, लगायत १२ देशका ४० वटा नगरहरु सदस्य छन् । सम्मेलनमा १ सय ५० विदेशी सहीत ३ सय को उपस्थिती हुने अनुमान गरीएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ