२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीबारे सरकारलाई रिपोर्टिङ गर्दैनन् अस्पताल

बिरामीबारे सरकारलाई रिपोर्टिङ गर्दैनन् अस्पताल


काठमाडौं—चिकित्सक र अस्पतालले बिरामीको विवरण नराख्दा महामारीजन्य रोगहरुको नियन्त्रणमा समस्या देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारी तवरका ठूला अस्पतालले नै बिरामीको रोगबारे सरकारलाई जानकारी दिएका छैनन् ।

प्रकोपजन्य रोगहरुको अवस्था बारे समयमै जानकारी पाइ सो को निगरानी सँगसँगै हुनसक्ने सम्भावित प्रकोप तथा क्षतिको न्यूनीकरणका लागि देशभर १ सय १८ अस्पतालहरु सेन्टिनल साइटको रुपमा रिपोर्टिङमा आवद्ध छन् । सेन्टिनल साइट कायम भएका अस्पतालहरुले दैनिक तथा साप्ताहिक रुपमा इवार्स प्रणालीमार्फत प्रतिवेदन गर्नु पर्ने हुन्छ तर देशका ठूला अस्पतालबाट नियमित रुपमा प्रतिवेदन हुन नसकेको महाशाखाका तथ्यांक अधिकृत कृष्णराज पाण्डेले बताए । सहि तथ्यांक समयमा उपलब्ध नहुँदा प्रकोप नियन्त्रणका लागि कार्ययोजना तय गर्न कठिन हुन्छ ।

सन् २०१९ मा डेगुको संक्रमण हुदाँ विभिन्न अस्पतालहरूले इवार्स तथा इमेलमार्फत करिब १५ हजारमाथि विरामीको प्रतिवेदन गरेपनि नियमित रुपमा एचएमआइएसमा प्रतिवेदन नगर्दा तथ्यांकमा असामजस्यता  देखिएको छ ।

झाडापखाला, हैजा, श्वासप्रश्वास सम्बन्धी, मलेरिया, डेंगु, कालाजार, स्क्रब टाइफस जस्ता प्रकोपजन्य तथा निवारणमा जान लागेका रोगहरु थाहा पाउने वित्तिकै सम्बन्धित निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउनु पर्ने हुन्छ । नयाँ रोग देखिए बिरामी र डाक्टरलाई मात्रै जानकारी भइ सरकारलाई खबर नहुदाँ रोगले प्रकोपको रुप लिनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अस्पतालहरुबाट न्यून प्रतिवेदन हुने विषयमा जिज्ञासा राख्दा चिकित्सकहरुले बिरामीको रोगको अवस्थाबारे स्पष्ट नलेख्ने र कार्य व्यस्तताका कारण प्रतिवेदन नगरेको मेडिकल रेकर्डरहरुको गुनासो रहेको उनले बताए।

शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सिभिल अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, अस्पताल नारायणी अस्पताल जस्ता ठूला अस्पतालहरुको प्रतिवेदन नरहेको महाशाखाले जनाएको छ ।

देशभरबाट प्राप्त प्रतिवेदनका आधारमा प्रकोप जन्य रोगको अवस्थाबारे साप्ताहिक रुपमा इवार्स बुलेटिन समेत प्रकाशन हुने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ