२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ वर्षमा १४ हजार बढी बालबालिकाको मृत्यु

५ वर्षमा १४ हजार बढी बालबालिकाको मृत्यु


काठमाडौं–पछिल्लो पाँच वर्षमा पाँच वर्ष मुनिका १४ हजार बढी बालवालिकाको मृत्यु भएको पाइएको छ । स्वास्थ्य सेवा विभागले प्रत्येक वर्ष सार्वजनिक गर्ने वार्षिक विवरणअनुसार यो पाँच वर्षको अवधिमा १४ हजार ४ जना बालवालिकाको मृत्यु भएको उल्लेख छ ।

पाँच वर्ष मुनिका मध्ये पनि नवजात शिशु (जन्मेदेखि २८ दिनसम्मका) बालवालिकाको मृत्यु उच्च रहेको पाइएको छ । पाँच वर्षमा ९ हजार ३ सय १९ नवजात शिशुको मृत्यु भएको छ ।

विभागअन्तर्गतको सूचना व्यवस्थापन शाखा (एचएमआइएस)ले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी ०७४/०७५ मा अत्याधिक नवजात शिशुको मृत्यु भएको पाइएको छ । सो आर्थिक वर्षमा ३ हजार १ सय ३८ नवजात शिशुको मृत्यु भएको हो ।

दोस्रोमा अघिल्लो वर्ष ०७५/०७६ मा २ हजार ३६, तेस्रोमा ०७१/०७२ मा १ हजार ८ सय ६५, ०७२/०७३ मा १ हजार १ सय १३, ०७३÷०७४मा १ हजार १ सय ४७ नवजात शिशुको मृत्यु भएको उल्लेख छ ।

एचएमआइएसमा उल्लेख भएको तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा २९ देखि ५९ दिनसम्मका ९ सय ४६ बालवालिकाको मृत्यु भएको देखाएको छ । त्यसैगरी दुई महिनादेखि ५ वर्षसम्मका ३ हजार ७ सय ३९ बालवालिकाको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखा खाेप शाखा प्रमुख डा झलक शर्माका अनुसार नवजात शिशुकाे मृत्युकाे प्रमुख कारणाहरूमा सितांग, कम ताैलकाे जन्म, संक्रमणा, निसासीने समस्या र जन्मजात विकलांग रहेका छन् । त्यसैगरी २९ दिन पछीका बालवालिकाको मृत्यु हुने प्रमुख कारणमा निमोनिया, झाडापखाला, मलेरीया लगायत रहेका रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ