२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईको आरोप, डा. गिरी भन्छन्, ‘यो सरासर झुट आरोप हो’

उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईको आरोप, डा. गिरी भन्छन्, ‘यो सरासर झुट आरोप हो’


काठमाडौं– वि एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाइले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कलेज सम्बन्धन प्रक्रिया अगाडि बढाउन आफूसँग २० करोड रुपैयाँ माग गरेको आरोप लगाएका छन् ।

गत मंसिर १५ गते आफूले सम्बन्धन प्रक्रिया अगाडि बढाउन निवेदन दिन आयोग गएको तर दर्ता नगरी सोही दिन बलुका द्धारिका होटलमा भेट गरौ भनि त्यति ठूलो रकम मागेको बताए ।

बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईले आफूले त्यत्रो रकम दिन नसक्ने जवाफ फर्काएको बताए । ‘मैले माथिसम्म मिलाउनुपर्छ, यति गर्नुहोस् भन्नुभयो,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘२०–५० लाख हो भने त विचार गर्न सकिन्थ्यो त्यत्रो पैसा दिएर कसरी विद्यार्थी पढाउन सकिन्छ ?’ उपाध्यक्षले पैसा मागेको विषयमा आफूले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई पनि जानकारी गराइसकेको बताए ।

कार्यकारी उपाध्यक्ष गिरीले भने ठाडो चिठीसहित पत्र आएको हुँदा दर्ता नगरेको बताए । डा. गिरीले कपोकल्पित रुपमा आरोप लगाएको भन्दै त्यसको खण्डन गरेका छन् । ‘यो कपोकल्पित आरोप हो,’ उनले हेल्थ आवाजसँग भने, ‘यस विषयमा आजै हामी आधिकारिक धारणा निकाल्छौं ।’

पत्रकार सम्मेलनमा कलेज संचालक प्रसाईले आफ्नो मेडिकल कलेजल सबै प्रक्रिया पूरा गरेको भन्दै अनावश्यक रुपमा आयोग उपाध्यक्षले रोकेर राखेको दावी गरे । ‘मेरो पत्र किन दर्ता गरिएन ? प्रस्तावित वि एण्ड सी मेडीकल कलेजको कुन पक्ष पुगेको छैन र रोकि राखिएको छ ? नेपालको कुन कानुनको कुन बुदाले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन रोक्छ ?’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यत्रो आयोगको कार्यकारी उपाध्यक्षजस्तो व्यक्तिले हचुवाका भरमा वि एण्डसीको प्रक्रिया नै अगाडि बढ्न हुँदैन भन्न पाइन्छ ? उहाँ कुन मितिमा वि एण्ड सी मा गएर भौतिक संरचना, सेवा र फ्याकल्टी हेर्नुभयो र त्यस्तो व्यवहार प्रस्तुत गर्नुभयो?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ