२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनिर्वाचित औषधी व्यवसायी गरे पदभार ग्रहण

नवनिर्वाचित औषधी व्यवसायी गरे पदभार ग्रहण


विराटनगर– नेपाल औषधी व्यवसायी संघ मोरङको नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण गरेका छन् ।
विराटनगरस्थित रहेको औषधी संघको भवनमा शनिबार नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।

गत मंसिर २० गते भएको संघको निर्वाचनबाट लक्ष्मी तिम्सिनाको समूह निर्वाचित भएको थियो । नवनिर्वाचित अध्यक्ष तिम्सिनालाई सपथ निर्वाचन समितिका प्रमुख सुरेशलाल श्रेष्ठले गराएका थिए । तम्सिनाले सपथ ग्रहण गरेपछि अन्य निर्वाचित पदाधिकारीहरूलाई सपथ गराएका थिए ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष तिम्सिनाले औषधी व्यवसायी क्षेत्रमा देखा परेको विकृति र विसंगतीको अत्य गरि सम्मानित व्यावसय बनाउन आफु लागि पर्ने बताए । उनले औषधी व्यवसायीहरूको हकहित र क्षमता अभिवृद्धीमा पनि आफु लागि पर्ने बताए । सबैको साथ, सहयोग र सबै व्यवसायीहरूलाई समेटर औषधी व्यवसायलाई एक ढिला बनाउन क्रियाशिल रहने उनको भनाई थियो ।

औषधी व्यवसायी संघ मोरङमा उपाध्यक्षमा देशबन्दुध ढकाल, महासचिबमा दिनेश ठाकुर, सचिबमा हरिराज रेग्मी, कोषाध्यक्षमा विजयकुमार राजवंशी र सहकोषाध्यक्षमा पुष्पराज पोखरेल निर्वाचित भएका थिए । यस्तै अन्य सदस्यहरूमा अनिल चौधरी(शर्मा), प्रकाश धिमाल र सरीता चौधरी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ