२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद तथा योग क्षेत्रमा भएको अतिरञ्जित विज्ञापनले भ्रम सिर्जना गरेका डा.वासुदेवको गुनासो

आयुर्वेद तथा योग क्षेत्रमा भएको अतिरञ्जित विज्ञापनले भ्रम सिर्जना गरेका डा.वासुदेवको गुनासो


काठमाडौं—नजिकिदैं गरेको राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै दिवसको अवसरमा हुने साप्ताहिक कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । प्रत्येक वर्षको माघ १ गतेका दिन मनाउँदैं आएको ‘राष्ट्रिय योग दिवस’का अवसरमा हुने साताव्यापी कार्यक्रमको जानकारी दिने उद्देश्यले उक्त सम्मेलनको आयोजना गरेको हो ।

पूर्वीय राष्ट्रहरुबाट सुरु भएर हाल विश्वब्यापी रुपमा फैलिएको योगको आवश्यकता र महत्वबारे जानकारी दिन नेपालले विगत चार वर्षदेखि राष्ट्रियस्तरमा नै योग दिवस मनाउदैं आएको छ ।

कार्यक्रममा आयुर्वेद तथा योग विभागका निर्देशक डा. वासुदेव उपाध्यायले योग व्यक्तिको स्वास्थ्यसँग मात्रै नभै सम्पूर्ण जीवन जिउने पद्धतिसँग सम्बन्धित रहेको उल्लेख गरे । यसका साथै उनले यस क्षेत्रअन्तर्गत भएको अतिरञ्जित विज्ञापनप्रति गुनासो व्यक्त गरे ।

आयुर्वेद तथा योग क्षेत्रअन्र्तगत ब्यवसाय गर्नेहरुको संख्या बढेको भन्दै ती ब्यवसायीहरुले आफ्नो ब्यवसाय गर्नको निम्ति गर्ने गरेका अपत्यारिलो तथा विभिन्न खालका भ्रामक प्रचार प्रसारप्रति डा. उपाध्यायले आपत्ति जनाएका हुन् । ‘त्यस्ता विज्ञापनले नै आम जनमानसमा प्राकृतिक चिकित्सा क्षेत्रप्रति भ्रम फैलाउन मद्दत गरेको छ,’ उनले भने ।

ब्यक्तिको निजी जीवनसँग मात्र सम्बन्धित नभै उसको शारीरिक, मानसिक र सामाजिक पक्षसँगसमेत सम्बन्धित रहेको योगजस्तो संवेदनशील पाटोप्रति आम व्यक्तिको धारणालाई भने उनले ‘अन्धगज्निया’ को संज्ञा दिए । ‘विश्वमा नै परिचित भइसकेको योगको बारेमा आम जनमानसमा अन्धगज्निया सरह गलत धारणा रहेको छ,’ उनले भने । उनका अनुसार, मानिसहरुले हालसम्म योगलाई शारीरिक पक्षसंग मात्रै जोडेर हेर्ने गरेका छन् । जबकि यसले ब्यक्तिको शारीरिक पाटो सँगसँगै मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत सकारात्मक परिवर्तन ल्याउनमा मद्दत गर्दछ ।

आम व्यक्तिमा रहेको यस्तो गलत धारणा हटाउन र यसको महत्वलाई मध्यनजर गर्दै यसको ज्ञान मुलस्तरबाटै हुनुपर्छ भन्ने धारणाका साथ विद्यालयस्तरबाटै यससम्बन्धि पठन पाठन सुरु गरेको डा. उपाध्यायले जानकारी दिए । ‘बढ्दो ब्यस्त जीवनशैलीमा यसको आवश्यकता झनै दिनानुदिन बढ्दै गएको कारण पनि हामीले यस विषयसँग सम्बन्धित पठनपाठन हाल ५ वटा विद्यालयमा सुरु गरेका छौं,’ उनले भने ।

यसरी सबैमा आयुर्वेद तथा चिकित्सा क्षेत्रमा भएको वास्तविक र सकारात्मक सन्देह गर्नको निम्ति सरकारले पनि यस क्षेत्रमाथि हुने गरेका खुलेआम भ्रामक ब्यापार तथा ब्यवसायलाई गम्भीर रुपमा लिदै त्यसको विरुद्ध आवश्यक मापदण्ड बनाउनुपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ