२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपाध्यक्ष प्रा.डा. गिरी विरुद्ध प्रसाई अख्तियार र सम्पत्ति शुद्धिकरणमा

उपाध्यक्ष प्रा.डा. गिरी विरुद्ध प्रसाई अख्तियार र सम्पत्ति शुद्धिकरणमा


काठमाडौं–प्रस्तावित वि एण्ड सी मेडिकल कलेज संचालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेका छन् ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रसाईंले आफूले गिरी विरुद्ध दुवै निकायमा मुद्धा दायर गरेको बताए । प्रसाईंले एक हप्ताअघि पत्रकार सम्मेलन गरी गिरीले आफूसँग द्धारिका होटलमा २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । तर, गिरीले सो आरोपको खण्डन गर्दै आएका छन् ।

प्रसाईंले गिरी विरुद्ध अख्तियारमा दर्ता गरेको मुद्धामा आफूसँग २० करोड घुस मागेको र सो रकम दिन नसके प्रस्तावित मेडिकल कलेजको १० प्रतिशत शेयर आफन्तको नाममा गरीदिन माग गरेको आरोप लगाएका छन् । आरोपपत्रमा डा. गिरी आयोगको उपाध्यक्ष हुन उनको शैक्षिक योग्यता नपुगेको समेत उल्लेख छ ।

साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष हुँदा विद्यार्थीका लागि आएको एक लाख डलर हिनामिना गरेको समेत आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा प्रसाईंले आफूलाई राज्यले समेत अन्याय गरेको भन्दै सम्बन्धनका लागि सर्बोच्च अदालत जाने बताए । ‘सम्बन्धन दिने आयोग जाँदा घुस माग्छन्,’ उनले भने ‘अब न्यायमुर्तिहरु रहेको सर्वोच्च जान्छु, त्यहाँबाट त न्याय पाउँछु होला ।’

उनले चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्डअनुसार अनुसार वि एण्ड सी तत्काल सम्बन्धन पाउनुपर्ने दावी गरे । ‘यत्रो संसदबाट पास भएर राष्ट्रपतिबाट लालमोहोर लगाइएको ऐन के हो ?,’ उनले प्रतिप्रश्न गरे, ‘यो लाटाको घोती हो ?’ यदि ऐनमा भनेको मापदण्ड आफ्नो कलेजले पुरा नगरेको भए त्यो देखाउन चुनौती दिए । ‘ऐनमा भएको कुन मापदण्ड पुगेको छैन त्यो भन्नुप¥यो,’ उनले भने, ‘नपुगेको छ भने त्यो पु¥याउने जिम्मा हाम्रो हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ