२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसाई विरुद्ध प्रा.डा. गिरीद्धारा मानहानी मुद्धा दायर

प्रसाई विरुद्ध प्रा.डा. गिरीद्धारा मानहानी मुद्धा दायर


काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले प्रस्तावित वि एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाई विरुद्ध मानहानीको मुद्धा दर्ता गरेका छन् ।

प्रसाई विरुद्ध डा. गिरीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्धा दायर गरेका हुन् । डा. गिरीले आज (मंगलवार) जिल्ला अदालतमा मानहानीको मुद्धा हालेको जानकारी दिए ।

प्रसाईले अघिल्लो हप्ता पत्रकार सम्मेलन गरी प्रस्तावित मेडिकल कलेजको सम्बन्धनका लागि आयोगमा निवेदन दिँदा निवेदन लिन नमानेर उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।

प्रा.डा. गिरीले आफुले प्रसाईसँग घुस नमागेको र त्यो मनगढन्ते आरोप भएको भन्दै मानहानीको मुद्धामा अदालत जाने बताउँदै आएका थिए ।

प्रसाईले आरोप लगाएको झण्डै एक हप्तापछि गिरीले प्रसाई विरुद्ध मानहानीको मुद्धा हालेका हुन् । ‘मैले कल्पना नै नगरेको कुराको आरोप लाग्यो, सबैले कानुनी प्रक्रियामा जान सुझाव दिनुभयो,’ गिरीले भने, ‘यदि कानुनी प्रक्रियामा नजाने हो भने त मान्छेले शंका गर्ने ठाउँ रहने भयो नि ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ