२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न जहाज पठाउने तयारी

चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न जहाज पठाउने तयारी


काठमाडौं-सरकारले कोरोना भाइरसको इपिसेन्टर मानिएको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार गर्ने तयारी थालेको छ । त्यसका लागि पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जहाज चीन पठाउन तयारी अगाडि बढाएको छ । मन्त्रालयले दुई जहाज तयारी अवस्थामा राखेको छ ।

जहाज पठाउने तयारी गरेपनि त्यसका लागि परराष्ट्रको औपचारिक पत्र पर्खाइमा पर्यटन मन्त्रालय रहेको छ । ‘हामी पत्र कुरेर बसेका छौं । पत्र प्राप्त भएपछि जहाज पठाउँछौं,’ पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने ।

यसअघि शनिबारै पर्यटन मन्त्री योगेश भट्टराईले पनि पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा चीन कोरोना भाइरसको प्रभाव बढिरहेपछि नेपाली विद्यार्थी ल्याउनका लागि दुई जहाज तयारी अवस्थामा राखेको जानकारी दिएका थिए ।

बेइजिङस्थित नेपाली राजदूतावासले पनि हुबेई प्रान्तमा रहेका नेपालीहरुलाई उद्धार गरिने जनाएको छ । उसले शनिबारै एक सूचना प्रकाशित गर्दै उद्धारका लागि विमान चार्टर्ड गरेको जनाएको छ । राजदूतावासले हुवेईमा रहेका नेपालीहरुलाई फर्काउनका लागि वीच्याटमार्फत सूचना दिदैं फर्म भर्न समेत भनिसकेको छ ।

जहाज पठाउने विषयमा चीन सरकारलाई पनि जानकारी गराइसकेको बताइएको छ । सरकारले विद्यार्थीहरुको उद्धारका लागि वाइडबडी विमानमा मेडिकल टिमसमेत पठाउने तयारी गरेको छ । कोरोना भाइरसको इपिसेन्टर मानिएको बुहानमा १९० जना नेपाली विद्यार्थी रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ