२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’

प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चर्चा र अड्कलकाबीच आफूले चाडैं किड्नी ट्रान्सप्लान्ट गर्न लागेको खुलासा गरेका छन् । मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले आफू किड्नी ट्रान्सप्लान्ट गरेर तीन वर्ष ढुक्कले काम गर्ने बताए ।

सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, ‘किड्नी ट्रान्सप्लान्ट तीन वर्ष अझै बलियो भएर सरकार चलाउन र काम गर्नका लागि हो ।’

१२ वर्षअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । हाल उक्त किड्नीमा समस्या देखिएपछि प्रधानमन्त्रीले नियमित हेमोडाइलाइसिस गर्दै आएका छन् । तीन वर्ष डटेर काम गर्नका लागि आफूले किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले उल्लेख गरे ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डकै प्रस्तावमा आफूले पाँच वर्ष सरकार चलाउने सहमति भएको उल्लेख गर्दै ओलीले आफू नै बाँकी तीन वर्ष सरकारको नेतृत्व गर्ने बताए ।  यसअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गर्ने चर्चा चलेपनि त्यसबारेमा आधिकारिक रुपमा केही बताइएको थिएन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ