२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई हजारलाई पुग्ने कोरोना परीक्षण सामाग्री खरिद गर्दै सरकार

दुई हजारलाई पुग्ने कोरोना परीक्षण सामाग्री खरिद गर्दै सरकार


काठमाडौं—सरकारले दुई हजार जनालाई कोरोना भाइरस परीक्षण गर्ने र स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्न सामाग्री खरिद गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय त्यसका लागि फास्ट ट्रयाकबाट खरिदका लागि प्रस्तावको तयारी अन्तिम चरणमा पु¥याएको छ ।

उक्त प्रस्ताव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयार पारेर स्वास्थ्य मन्त्रालयमा स्वीकृतीका लागि पठाएको हो । अब स्वास्थ्य मन्त्रालयले उक्त प्रस्ताव अर्थमा स्वीकृतीका लागि पठाउने तयारी गरेको छ । ‘कोरोना भाइरस परीक्षणका लागि आवश्यक सामाग्री खरिद गर्न प्रस्ताव तयार गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका उपसचिव लीला पौडेलले भने, ‘केही दिनभित्रै उक्त प्रस्ताव स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाउने तयारी भएको छ ।’

चीनमा रहेका १८० जना नेपालीलाई उद्धार गर्ने तयारीमा सरकार जुटेपछि स्वास्थ्य मन्त्रालयले दुई हजार जनालाई पुग्ने परीक्षण सामाग्री खरिद पक्रिया अघि बढाएको हो । सो सामाग्री खरिदका लागि ८६ लाख ८० हजार रुपैयाँ लाग्ने प्रस्ताव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छ । आवश्यक बजेटका लागि स्वास्थ्यले अर्थ मन्त्रालय समक्ष आपतकालीन प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको हो ।

यसअघि कोरोना परीक्षणका लागि चाहिने सामाग्री नेपाल सरकारसँग नभएका कारण सिएमडिएन भन्ने संस्थाले २ सय जनालाई पुग्ने सामाग्री उपलब्ध गराएको थियो ।

हालसम्म सरकारी रेकर्डअनुसार चीनबाट स्वदेश फर्किएका १४ जनाको कोरोना परीक्षणमा नमुना परीक्षण गरिएको थियो । उनीहरुमध्ये एक जनामा मात्रै कोरोनाको जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ । सरकारले हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ४३ शैय्या आइसोलेसन वार्ड समेत तयार पारेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ