२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट ल्याइने नेपालीको व्यवस्थापनको तयारीमा जुट्न प्रम ओलीको आग्रह

चीनबाट ल्याइने नेपालीको व्यवस्थापनको तयारीमा जुट्न प्रम ओलीको आग्रह


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई गरिने उपचार तथा क्वारेन्टाइन अवधिकाे तयारीमा अविलम्ब जुट्न निर्देशन दिएका छन्। विहिबार प्रधानमन्त्री निवास बालुवाटारस्थित बसेको बैठकमा उनले शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउँन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन र उचित व्यवस्थापन गर्न निर्धारित कार्ययाेजना अनुरूप समग्र तयारीमा जुट्न सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिएका हुन्।

नाेवल काेराेना भाइरसकाे संक्रमणबाट बच्न र नागरिक स्वास्थ्य सुरक्षाका निम्ति प्रधानमन्त्री ओलीले सम्पूर्ण कार्य याेजनाबद्द रूपमा सम्पन्न गर्न आग्रह समेत् गरेका छन्। उक्त वैठकमा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययाेजना प्रस्तुत गरे भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी दिए।

उक्त बैठकमा उप-प्रधानमन्त्री तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र पर्यटनमन्त्री, मुख्य सचिव र सम्बद्ध सचिवहरू, सुरक्षा अधिकारीहरू सहितकाे उपस्तिथि देखिन्थ्यो। नेपालले १ लाख संख्यामा प्राेटेक्टिभ माक्स चीन सरकारलाई सहयाेग उपलब्ध गराउने निर्णय समेत् गरेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ