२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग

चीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग


काठमाडौं – नोवेल कोरोना भाइरस संक्रमण अत्यन्त बढेपछि चीनमा रहेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश फर्काउन अभिभावकहरुले माग गरेका छन्। मन्त्रालयमा पुगेका २८ अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् ।

विहिबार चीनमा भाइरस संक्रमणको त्रासमा रहेका ३० नेपाली विद्यार्थीको अवस्था निकै दयनीय रहेको भन्दै मन्त्रालयलाई विद्यार्थीको सुरक्षित प्रावधानको व्यवस्था गर्न आग्रह गर्दै अभिभावकहरुले निवेदन पेश गरेका छन्। उक्त निवेदनमा नेपाल सरकारले चीनमा रहेका नेपालीको चासो राखेको र चासोमै मात्र सिमित रहेकोले हालको त्यहाँको अबस्था बुझ्न समेत् आग्रह गरिएको छ।

यता, कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्माको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली व्यस्थापनको बारेमा छलफल गरिएको छ। सो वैठकमा प्रम ओलीले उद्दार गरिने नेपाली विद्यार्थीको उपचार तथा क्वारेन्टाइन अवधिकाे तयारी गर्न र कार्ययाेजना अनुरूप समग्र तयारीमा रहन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ