२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल चिकित्सक संघको मतगणना सुरु

नेपाल चिकित्सक संघको मतगणना सुरु


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को मतगणना सुरु भएको छ । शुक्रबार विहानैदेखि मतगणना सुरु गर्ने बताइएपनि तयारीलगायतका कारण देखाउँदैं अलि ढिला गरी मतगणना ११ बजेबाट सुरु भएको हो ।

मतगणनामा दाङ, लुम्बिनी, जुम्ला र सुर्खेतबाट मतगणना सुरु भएको हो । एनएमएको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षका लागि लोकतान्त्रिक प्यानलबाट डा. लोचन कार्की उम्मेदवार छन् भने पेशागत समावेसी समूहबाट डा. पुष्पमणि खराल चुनावी मैदानमा छन् ।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समूहबाट डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की र पेशागत समावेशी समूहबाट बरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. रञ्जितकुमार झा उम्मेदवार रहेका छन् ।

यस्तै महासचिवमा लोकतान्त्रिकबाट डा. बद्री रिजाल, पेशागत समावेसी प्यानलबाट डा. मधुर वस्नेत, स्वतन्त्रबाट डा. दीपेन्द्र पाण्डे, डा. अजयकुमार मिश्रको चुनावी प्रतिस्पर्धामा छन् ।

लोकतान्त्रिकबाट कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी चुनावी मैदानमा छन् भने प्रगतिशीलले स्वतन्त्र उम्मेदवार डा. सञ्जितकुमार साहलाई समर्थन गरेको छ । सह—कोषाध्यक्षमा लोकतान्त्रिकबाट डा. विश्वराज दवाडी, पेशागत समावेसीबाट डा. उदयनारायण सिंह उम्मेदवार छन् ।

सह—महासचिवमा भने लोकतान्त्रिकबाट डा. निरजकुमार सिंह पेशागत समावेसीबाट डा. शैलेन्द्र झा उम्मेदवार रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ