२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए इलेक्सन#: ३७२२ मत गन्दा कसले कति ल्याए ?

एनएमए इलेक्सन#: ३७२२ मत गन्दा कसले कति ल्याए ?


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचनको मतगणना शुक्रबारबाट जारी छ । ३७२२ मतगन्दा अध्यक्षमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षका उम्मेदवार डा. लोचन कार्कीले अग्रता लिएका छन् ।

डा. कार्कीले २४४८ मत पाउँदा पेशागत समावेसी प्यानलका डा. पुष्पमणि खरालले १२३३ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. शिवप्रसाद श्रेष्ठले २२०५ मतका साथ अग्रता लिएका छन् । उनलाई पेशागत समावेसी समूहकी रक्षा श्रेष्ठले १३४० मतका साथ पछ्याइरेकी छन् ।

यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका अनिलविक्रम कार्कीले २३८७ मतका साथ भारी अग्रता बनाएका छन् भने पेशागत समावेसीका डा. रन्जितकुमार झाले ११९५ मत प्राप्त गरेका छन् ।

अध्यक्षपछिको प्रमुख पद मानिने महासचिवमा लोकतान्त्रिक प्यानलका डा. बद्री रिजालको सुरुदेखिको अग्रता कायमै छ । डा. बद्री १४४६ मत प्राप्त गरेका छन्, उनलाई पेशागत समावेसीका महासचिवका उम्मेदवार डा. मधुर वस्नेतले पछ्याउँदैं ९०२ मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फका महासचिवका उम्मेदवार डा. दीपेन्द्र पाण्डेले ७०३ मत ल्याएका छन् भने अर्का स्वतन्त्र उम्मेदवार डा. अजयकुमार मिश्रले ५७३ मत प्राप्त गरेका छन् ।

सह—सचिवमा लोकतान्त्रिकका निरजकुमार सिंहले २३३६ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका पेशागत समावेसीका डा. शैलेन्द्र झाले ११४५ मत प्राप्त गरेका छन् ।

यस्तै कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका डा. प्रकाश बुढाथोकीले १९९१ मतका साथ अग्रता लिइरहेका छन् उनलाई पछ्याइरहेका पेशागत समावेसीका उम्मेदवार डा. सञ्जितकुमार साहले १५९१ मत प्राप्त गरेका छन् ।

सह—कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका उम्मेदवार डा. विश्वराज दवाडीले २२७३ मत प्राप्त गरेका छन् भने पेशागत समावेसीका डा. उदयनारायण सिंहले १३०४ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ