२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आउन चीनमा भेला हुँदै नेपाली

नेपाल आउन चीनमा भेला हुँदै नेपाली


काठमाडौं-चीनको हुबेई प्रान्तका विभिन्न सहरमा रहेका १ सय ८५ जना नेपाली भेला हुन थालेका छन् । चीनले हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँच वटा बसमा बिहानदेखि नागरिक ओसारिरहेको छ ।

उनीहरु सबैलाई साँझसम्म वुहान पु¥याइदैंछ । चीन सरकारले नेपाली जहाज वुहान जान र फर्किन अनुमति दिइसकेको छ । उनीहरुलाई उद्धार गर्न सरकारले शनिबार दिउँसो ३ बजे नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २ सय ७४ सिटे वाइडबडी जहाज बुहान पठाउँदैछ ।

चीनमा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई त्यहाँको सरकारले शनिबार बिहान ५ बजेदेखि नै विमानस्थलसम्म ओसार्न थालेको छ ।

नेपालबाट उडेको जहाज राति ९ बजे चीन पुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार ३ बजे विशेष चार्टर विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

८ घण्टाको समय भएपनि चार्टर भएकाले ६ घण्टामा पुग्नेछ । नेपालीको सुरक्षाका लागि सरकारले विशेष तालिमप्राप्त पाइलट र स्वास्थ्यकर्मीको टोली समेत वुहान सहर पठाएको छ ।

गत माघ १८ देखि नेपाली उद्धारको औपचारिक तयारी थालेको सरकारले १५ दिन पछि ल्याउन लागेको हो ।

वुहान जाने १८ जनालाई सरकारले दुई दिन अघिनै तालिम दिइसकेको छ । आइतबार देखि उनीहरुलाई कम्तिमा १७ दिन खरिपाटीमा क्वारेन्टाइन गरिनेछ । त्यस अवधिभर २२ चिकित्सक समेत त्यही रहनेछन् । ४८ घण्टा सम्म जहाजलाई समेत क्वारेन्टाइन गरिने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ