२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिमाको १ अर्व भुक्तानी दिन बाँकी

बिमाको १ अर्व भुक्तानी दिन बाँकी


काठमाडौं – स्वास्थ्य बिमा बोर्डले बिरामीलाई स्वास्थ्य सेवा दिएका स्वास्थ्य संस्थाहरुको ५ लाख मागदाबी (क्लेम) हेर्न बाँकी रहेको छ । सो क्लेम बराबर १ अरब रुपैयाँ बढी रकम सेवा प्रदायक स्वास्थ्य सँस्थाहरुलाई भुक्तानी गर्नुपर्ने देखिएको हो ।

क्लेम बढीरहेता पनि कर्मचारीले त्यसलाई सेटल नगरेको बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक डा गुणराज लोहनीले बताए । काम नगर्ने अहिलेका कर्मचारीलाई बोर्डबाटै हटाउनु पर्ने उनको तर्क छ । ० प्रतिशत क्लेम एक महिनाभित्र सेटल गर्ने बिमा कम्पनीलाई राम्रो मानिन्छ । स्वास्थ्य सँस्थाले गरेको क्लेम हेर्ने एक मात्रै कर्मचारी स्वास्थ्य बिमा बोर्डमा रहेका छन् । लक्ष्य र उदेश्य अनुसार बीमा कार्यक्रम अघि बढ्न नसकेको स्वास्थ्य मन्त्रालयको निस्कर्ष छ । २५ चैत २०७२ बाट स्वास्थ्य बीमा कार्यक्रम सुरू भएको हो ।

हालसम्म २६ लाख १७ हजार ६७५ जना स्वास्थ्य बिमामा  आवद्ध भएको स्वास्थ्य बीमा बोडका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए । बोर्डले दुई वर्ष अघि अर्थात २०७४ सालमा सबै जिल्लामा स्वाथ्य बीमा लागु गरिसक्ने उल्लेख गरेको छ । तर, अहिले सम्म ५१ जिल्लामा मात्रै पुगेको छ । निर्देशक पोखरेलका अनुसार, ७ लाख ७० हजार ७५७ परिवारलाई बिमाले समेटेको छ । बीमितबाट तीन अर्व २७ करोड २० लाख २७ हजार ६७५ रकम संकलन भएको छ ।

सरकारले बिमार्फत सेवा दिएका स्वास्थ्यसँस्थालाई ४ अरब ३३ करोड ४० लाख ४२ हजार ६२ रुपैयाँ तिरेको छ । स्वास्थ्य बिमा बोर्डलाई सरकारले ६ अरब रुपैयाँ बिनियोजन गरेको थियो । हालसम्म बीमाबाट संकलन भएको रकम भने निकालीएको छैन।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ