२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्पार्क हेल्थ होमको वार्षिकोत्सव मनाइने खर्च क्यान्सर पीडित पत्रकार पौडेललाई

स्पार्क हेल्थ होमको वार्षिकोत्सव मनाइने खर्च क्यान्सर पीडित पत्रकार पौडेललाई


काठमाडौं – स्पार्क हेल्थ होमले आफ्नो वार्षिकोत्सव मनाउन लाग्ने खर्च क्यान्सर पीडितलाई हस्तान्तरण गरेर उल्लेखनीय काम गरेको छ। उक्त संस्थाले आफ्नो २८ औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नगरी त्यसमा लाग्ने खर्च बराबरको सहयोग रक्त क्यान्सरबाट पीडित  पत्रकार कमल पौडेललाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरी उक्त अस्पताल कालिमाटीमा संस्थाका अध्यक्ष हरिशरण रिजाललगायत पदाधिकारीहरुले समेत पत्रकार पौडेलका छोरा अभिन्न पौडेललाई सहयोग रकम दिएका हुन्। करिब २ दशकदेखि पत्रकारितामा सक्रिय पौडेलको जीवनरक्षाका निम्ति अस्पतालले सहयोग गरेको जनाएको छ ।

पत्रकार पौडेलले प्राकृतिक चिकित्सालाई प्रवद्र्धन गर्न र स्पार्क अस्पतालको सेवालाई प्रवद्र्धन गर्न भूमिका खेलेको अस्पतालका मेडिकल निर्देशक डा. सुनिल पौडेलले जनाए।

स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले पत्रकारजगतलाई संस्थाले सधैं सम्मान गर्दै उनीहरुसँग सहकार्य गर्ने बताए । सोही नीति अनुरुप कार्यक्रमको सट्टा सहयोग हस्तान्तरण गरेको उनको भनाइ छ । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले विविध खर्चमा सकिने रकम पत्रकारको उपचारार्थ सहयोग गरेर संस्थाले ठूलो पूण्य गरेको भन्दै प्रशंशा गरिन् ।

अस्पतालले रक्त क्यान्सर पीडित पौडेलका साथै पेटको क्यान्सर भएका अस्पतालका कर्मचारी काजी श्रेष्ठलाई पनि ५० हजार सहयोग गरेको छ । सो मध्ये २५ हजार अस्पताल र २५ हजार स्पार्क अस्पताल रहेको भवनको घरबेटी सहयोग गरेका हुन् । अस्पतालले वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ