२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधादिङमा दादुरा आउट ब्रेक ! दुई बालकको कान्ति बाल अस्पतालमा उपचार हुँदैं

धादिङमा दादुरा आउट ब्रेक ! दुई बालकको कान्ति बाल अस्पतालमा उपचार हुँदैं


काठमाडौं—सरकारले दादुरा रुबेला खोप अभियान—२०७६ सुरु गरेको दश दिनमै धादिङमा दादुराको प्रकोप आउटब्रेक भएको अनुमान सरकारी अधिकारीहरुले लगाएका छन् । विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ ।

तर, सुरुवाती चरणमै नेपालमा दादुरा ‘आउटब्रेक’ भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दबाबमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार धादिङको बेनिघाटस्थित चेपाङ वस्तीमा दादुरा ‘आउट ब्रेक’ भएको अनुमान गरिएको छ ।

त्यहाँ अनुमानित २० बालवालिका रहेका छन् । त्यहाँबाट ९ जनाको नमुना आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । डा. गौतमका अनुसार ५ वर्ष मुनिका दुई जना बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएर कान्ति बाल अस्पताल भर्ना गरिएको छ । उनका अनुसार दस वर्ष उमेर समूहका व्यक्तिमा पनि दादुराको समस्या देखिएको छ । उनीहरुको रिपोर्ट सोमबार आउनेछ ।

ढाड, पिठ्यु, अनुहारजस्ता भागमा स—सानो रातो दाना देखा परेको छ । साथै टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पुरै शरीरमा फैलिन थालेपछि उनीहरुमा दादुराको आशंका गरिएको हो ।

सन् २०१९ को ४ महिनामा ७१ जना बालवालिकामा यसको संक्रमण देखिएको थियो । त्यसबेला मोरङ, सर्लाही, मकवानपुर, कपिलवस्तु, रुपन्देही र दाङमा प्रकोप देखा परेको हो ।

सरकारले पहिलो चरण अन्तर्गत फागुन १ बाट प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालवालिकालाई खोप लगाउन सुरु गरेको छ । भने, दोस्रो चरणअन्तर्गत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालवालिकालाई दादुरा विरुद्धको खोप लगाउने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ