२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा पूर्व निर्देशक गणेश राईको निवृत्तसँगै डा. कृष्णप्रसाद पौडेलको आगमन

कान्तिमा पूर्व निर्देशक गणेश राईको निवृत्तसँगै डा. कृष्णप्रसाद पौडेलको आगमन


काठमाडौं—कान्ति बाल अस्पतालबाट पूर्व निर्देशक डा. गणेश राई निवृत्त भएका छन् । उमेर हदका कारण उनले सोमबारबाट सेवाबाट अवकास पाएका हुन् ।

सोमबार अस्पतालले एक कार्यक्रम आयोजना गरी पत्रकार तथा अस्पतालका कर्मचारीको उपस्थितिमा उनलाई औपचारिक रुपमा बिदाइ गरेको छ। सो क्रममा डा. राईले वि.सं २०५९ सालमा निर्देशकको रुपमा कान्ति बाल अस्पताल प्रवेश गरेदेखि अहिलेसम्म कान्तिले आफ्नो जीवनमा थुप्रै अमूल्य चिजहरु प्रदान गरेको बताए ।

त्यसैले कान्तिसंग आत्मीय सम्बन्ध जोडिएको भन्दै उनले आगामी दिनमा भौतिक रुपमा अस्पतालमा नरहेता पनि अप्रत्यक्ष रुपमा अस्पतालसंग सदैव जोडिरहने प्रतिबद्धता समेत जनाए । उनले अस्पतालको प्रगति तथा उन्नतिका लागि अस्पतालको स्वार्थलाई पहिलो स्वार्थको रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कान्ति बाल अस्पतालमा आयोजना गरिएको डा. राईको बिदाइ कार्यक्रमकै क्रममा नवनियुक्त निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई पनि स्वागत गरिएको छ ।  आइतबार नै  निर्देशकका रुपमा पदभार ग्रहण गरेका डा. पौडेललाई औपचारिक रुपमा आइतबार स्वागत गरिएको हो ।

स्वागत कार्यक्रमकै क्रममा नव नियुक्त निर्देशक डा. कृष्ण प्रसाद पौडेलले भने आफ्ना अग्रजहरुले देखाएको बाटोमा लागिपर्ने बताएका छन् । उनले अस्पतालमा देखा परेका समस्या तथा चुनौतीलाई समाधान गर्दै अग्रज तथा अस्पतालका कर्मचारीले आफुप्रति देखाएको विश्वासलाई सदैव ध्यानमा राख्ने बताए।

अस्पतालको समृद्धि नै अब पहिलो प्राथमिकता रहने कुरा उनले बताएका छन् । यसको निम्ति प्रत्येक कर्मचारीको आवश्यकता रहेको भन्दै उनले भने;‘यसका लागि तपाईहरुको सम्पुर्णको नितान्त एवम् समान भुमिकाको आवश्यकता रहेको छ ।’

बाल चिकित्सकको रुपमा वि.सं २०६४ सालमा उनले पहिलो पटक विद्यार्थीको रुपमा कान्ति प्रवेश गरेका थिए । त्यसको करिब १२ वर्षपछि उनी निर्देशकको रुपमा नियुक्त भएका हुन् । आफ्नो स्वागत् मन्तव्य क्रममा उनले निवृत्त पुर्व निर्देशक डा. गणेश राईलाई आगामी दिनका निम्ति शुभकामना समेत व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ