२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाका कारण स्वास्थ्य सेवा दिवस प्रभावित

कोरोनाका कारण स्वास्थ्य सेवा दिवस प्रभावित


काठमाडौं – सरकारले हरेक वर्ष मनाउँदै आएको स्वास्थ्य सेवा दिवस यस वर्ष भने कोरोना भाइरसका कारण प्रभावित भएको छ । विश्वभर फैलिरहेको कोभिड १९ र नेपालमा देखिएको जोखिमका कारण स्वास्थ्य सेवा दिवस प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

स्वास्थ्य सेवा दिवस नै मनाउन छाडेको हो भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो भने हैन, यो वर्ष विश्वभर कोरोना संक्रामणको त्रास छ । नेपाल पनि उच्च जोखिममा भएकाले हामीले यस्तो बेला हर्सोल्लास गर्नु उपयुक्त नभएर स्थगित गरेका हौ ।’

यता, मन्त्रालयले स्वास्थ्य सेवा दिवस नमनाएको भन्दै स्वास्थ्यकर्मीहरुले सामाजीक संजालमा विरोध गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपालमा  स्वास्थ्य ऐन आएको दिन (फागुन १५ ) लाई स्वास्थ्य सेवा दिवसको रुपमा मनाइने गरिन्छ । स्वास्थ्य सेवा ऐन आउनु भन्दा पहिले नेपाल सरकारका स्वास्थ्य सेवाका कर्मचारीहरु निजामती सेवा ऐनबाट नै निर्देशित नियन्त्रित थिए । स्वास्थ्य सेवा विशेष सेवा भएको, स्वास्थ्यकर्मीहरुलाई दुर्गम क्षेत्रमा पठाउनको लागि प्रोत्साहन गर्न छुट्टै ऐनको आवश्यकता महसुश गरी स्वास्थ्य सेवा ऐन २०५३ ल्याइएको थियो ।

स्वास्थ्य सेवामा रहने पदहरुको विषयमा दफा ४ मा अधिकृत तहमा बाह्रौैँ, एघारौँं, दशौं, नवौं, आठौं, सातौं, छैठौं रहेका छन भने सहायक तहमा पाँचौं, चौथौं, तेश्रो तहका पदहरु राखिएका छन । पछिल्लो संशोधनबाट शुरु तह चौथौं राखिएको छ । स्वास्थ्य सेवामा २७ समूह ४५ भन्दा बढी उपसमूह रहेका छन । करिब ३७ हजार भन्दा बढी निजामती कितावखानामा दर्ता भएका कर्मचारीहरु भएको उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ