२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै

चिनियाँ राष्ट्रपति सी वुहानमा, कोभिड संक्रमितको संख्या चीनमा घट्दै


चिनियाँ राष्ट्रपति सी जिन्पिङ कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको वुहानमा पुगेका छन्। उनी मंगलबार वुहानको हुओशेन्सा अस्पताल लगायत क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अबस्था अवलोकन गर्न तथा यस महामारी रोकथाम र नियन्त्रणको जानकारी लिन वुहान पुगेका हुन्।

उनको यस भ्रमणलाई कोभिडको प्रकोप विस्तारै नियन्त्रणमा आएको संकेतको रुपमा लिएको सिन्हुवा समाचार एजेन्सीले जनाएको छ।  कोभिड १९को केन्द्र रहेको चीनमा अब भने संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ। पछिल्लो दुई दिनमा कुनै पनि संक्रमितको मृत्युको खबर आएको छैन भने सोमबार जम्मा १९ जनामा संक्रमितको पुष्टि भएको थियो।

चीनमा हालसम्म ३ हजार १ सय ३६ संक्रमितको मृत्यु भईसकेको छ भने ६० हजार ९३ जना पुन स्वस्थ भएर घर फर्किएका छन्। अब १७ हजार ५ सय २८ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ।

पछिल्लो तथ्याङ्क अनुसार विश्वभर गरेर मृतकको संख्या ४ हजार पुगेको छ।

-सिन्हुवा र अन्य एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ