२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनले भन्यो, ‘कोभिड १९’ को प्रकोप सकियो’

चीनले भन्यो, ‘कोभिड १९’ को प्रकोप सकियो’


चीनले आफ्नो देशमा ‘कोभिड १९’ को प्रकोप सकिएको दावी गरेको छ। विहिबार बेजिङ्गमा भएको पत्रकार सम्मेलनमा बोल्दै चीनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले चीनमा ‘कोभिड १९’ को संक्रमण ओरालो लागेको जनाएका हुन्।

‘कोभिडको महामारीको प्रकोप सकियो। कोभिड महामारीको केन्द्र मानिएको हुबेई प्रान्तमा संक्रमणको संख्या एकमा झरेको छ र बुधबार जम्मा ८ वटा मात्रै रिपोर्ट आएको छ।’ उनले भने।

उनले हुवेई बाहिराको क्षेत्रमा मात्रै ७ जानामा संक्रमण देखिएको र त्यसमा पनि ६ जना बाहिरी राष्ट्र हुँदै आएको जनाए।

-सिन्ह्वा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ