२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित

अष्ट्रेलियाका गृहमन्त्री पनि ‘कोभिड १९’ बाट संक्रमित


अष्ट्रेलियाका गृहमन्त्री पीटर डटनमा कोरोना संक्रमण देखिएको छ। उनले आफै ट्वीट गरेर उक्त जानकारी दिएका हुन्।

उनले लेखेका छन् – ‘यहाँ क्विन्सल्याण्ड स्वास्थ्यको नीति हो। संक्रमण देखिएको व्यक्तिलाई अस्पतालमा भर्ना गरिन्छ र मैले पनि नीति पालना गरेको छु।’ उनी हालै अमेरिका भ्रमण गरी आफ्नो देश फर्किएका हुन्।

 

महामारीको रुप लिएको कोरोना भाइरसबाट विश्वभरमा आम मानिस देखि विशिष्ट व्यक्ति समेत बच्न सकेका छैनन्। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडो पनि उक्त खतरनाक विषाणुबाट संक्रमित भएकी छिन्।

यसबाहेक इरानका प्रमुख नेताका एक सल्लाहकारलाई पनि कोरोनाको जस्तै लक्षण देखिएको कारण छुट्टै राखिएको जानकारी छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ