२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यसंसारकै सबैभन्दा धनी डाक्टर प्याट्रिक सुन, गरिबीसँग जुधेर बने ४८३ अर्बका मालिक

संसारकै सबैभन्दा धनी डाक्टर प्याट्रिक सुन, गरिबीसँग जुधेर बने ४८३ अर्बका मालिक


संसारभरका धनाढ्यहरुको सूची प्रकाशित गर्ने फोर्ब्स म्यागाजिनले प्याट्रिक सुन सिओङ्गलाई स्वास्थ्य जगतका सबैभन्दा धनी चिकित्सकको स्थान दिएको छ । प्याट्रिक दक्षिण अफ्रिकामा जन्मिएका चिनियाँ–अमेरिकन सर्जन हुनुका साथै विजनेशम्यान तथा दानीका रुपमा पनि चिनिन्छन् ।

उनी लगभग १ हजार ३ सय ८१ करोड भारतीय रुपैयाँ वार्षिक रेभ्न्यु भएको स्वास्थ्य कम्पपनी नेटवर्क्स एलएलसीका चेयरम्यान हुन् । साथै लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको हेल्थ इन्स्टिच्युटका कार्यकारी निर्देशक पनि हुन् । यसका अलावा अन्य धेरै स्वास्थ्य संस्थामा उनी अलग–अलग जिम्मेवारीमा छन् ।

शरणार्थीको जीवन बिताए, संघर्षबाट पाए सफलता

प्याट्रिकका आमाबुवा दोस्रो विश्वयुद्धको दौरान शरणार्थीका रुपमा चीनबाट दक्षिण अफ्रिका गएर बसेका थिए । कमजोर आर्थिक परिस्थितीका बाबजुद् प्याट्रिकले मेडिकल क्षेत्रमा करिअर बनाउने प्रयास गरे । मेडिसिनमा स्नातक गरेपछि उनले जोहानेसवर्गको जनरल हस्पिटलमा इन्टर्नसीप गरे ।

ब्रिटिस कोलम्बिया युनिभर्सिटीबाट उनले मेडिसिनमा ब्याचलर डिग्री र सन् १९७९ मा मास्टर्स डिग्री हासिल गरे । अध्ययनपश्चात उनी अमेरिकामै बसेर युनिभर्सिटी अफ क्यालिफोर्नियामा चिकित्सकीय प्रशिक्षण लिन सुरु गरे । सन् १९८४ मा उनी सर्टिफाइड सर्जन भए । त्यसपछि उनलाई कयौं संस्थाहरुको फेलोसीप प्राप्त भयो ।

प्याट्रिकको विवाह पूर्व अमेरिकन अभिनेत्री मिसेल बी चेनसँग भयो । अहिले यो जोडीको दुई सन्तान छोरी निका र छोरा ल्यूक छन् ।

अमेरिकी अर्बपति र सर्वाधिक तलब खाने सिईओ


प्याट्रिक खेलहरुमा पनि रुची राख्छन् । सन् २०१० देखि उनीसँग अमेरिकी प्रोफेसनल बाँस्केटबल टिम ‘लस एन्जल्स लेकर्स’ को स्वामित्व छ । यस्तै उनको संलग्नता मिडियामा उद्योगमा पनि देखिन्छ । उनी अमेरिकाको चौथो ठूलो सर्कुलेसन भएको अखबार ‘लस एन्जल्स टाइम्स’का मालिक पनि हुन् । उनले सन् २०१५ मा सबैभन्दा धेरै तलब खाने सिईओको स्थान पनि बनाए ।

अघिल्लो वर्षमात्रै उनले एक अर्को अखबार ‘द सेन डिएगो युनियन ट्रिब्युन’लाई ३ हजार ४ सय ५७ करोड भारतीय रुपैयाँमा किने । धनाढ्यहरुको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागाजिनले सन् २०१६ मा प्याट्रिकलाई अमेरिकी अर्बपतिको सूचीमा ४७ औं स्थानमा राखेको थियो ।

उत्कृष्ट एकेडेमिक रेकर्ड

सन् १९९१ मा प्याट्रिकले युनिभर्सिटी अफ क्यालिफोर्निया छाडेर डाइबटिज र क्यान्सर बायोटेक्नोलोजीका लागि काम गर्ने संस्था विवोआरएक्सको स्थापना गरे । यस संस्थामा सुरुमा उनले ८० प्रतिशत स्वामित्व लिए । पछि सन् २००८ मा यो स्वामित्व अन्य कम्पनीलाई ४.६ अर्ब डलरमा बिक्री गरे ।

सन् २००७ मा प्याट्रिकले ‘नेटहेल्थ’को स्थापना गरे । आफ्नो यो संस्था अन्तर्गत रहेर प्याट्रिकले सन् २०१२ मा सुपर कम्प्युटरमा आधारित सिष्टम तयार गरे, जसको सहयोगमा रोगीको ट्युमरको जाँच १८ सेकेण्डमा गरेर उसको आनुबांशिकता पत्ता लगाउन सकिन्थ्यो । यो क्यान्सरको उपचारका लागि चिकित्सा जगतमा एक ठूलो खोज थियो ।

रियलस्टेट एम्पायर


प्याट्रिक सुन केवल मेडिकल इतिहासमा मात्रै सबैभन्दा धनी ब्यक्ति होइनन्, उनी रियलस्टेट ब्यवसायमा पनि उति नै ठूलो प्रभाव राख्छन् । उनले सन् २०१० मा लस एन्जल्समा २ सय करोड भारतीय रुपैयाँभन्दा बढीको एक कम्पाउण्ड खरिद गरेका थिए ।

गत वर्ष उनले ५ एकडको एक अन्य पोपर्टी पनि किने, जसका लागि उनले करिब ३ सय ४५ करोड भारतीय रुपैयाँ लगानी गरेका थिए । यसैसँग जोडिएका अन्य तीन पोपर्टीलाई उनले पछि ४१ करोड भारतीय रुपैयाँमा किने । यसको २५ हजार एकडमा उनको ५ बेडरुम र १० बाथरुम भएको शानदार भवन तयार बनाएका छन् । यो आलिशान घरमा संसारका तमाम हाइटेक सुविधाहरु उपलब्ध छन् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ