२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यलामो समय एउटै भित्रिवस्त्र प्रयोग गर्ने पुरुषमा क्यान्सरको जोखिम

लामो समय एउटै भित्रिवस्त्र प्रयोग गर्ने पुरुषमा क्यान्सरको जोखिम


हामीले सुन्दै आएका छौ, आफ्नो अल्छिपनका कारण पुरुषहरु लामो समयसम्म एउटै भित्रीवस्त्र (अन्डरवेयर) प्रयोग गर्ने गर्छन् । यद्यपि विज्ञहरुले यस्ता समस्या उनीहरु स्वयम्का लागि घातक रहने बताउँदै आएका छन् । यस्तै ‘भित्रीवस्त्र स्वास्थ्यको निम्ति महत्वपुर्ण’ भन्ने अभिव्यक्ति पनि तपाईले पक्कै सुन्नु भएको होला । विज्ञहरुले पनि सफा भित्रिवस्त्र  प्रयोगकोे विषयमा आफ्नो सहमति जनाउँदै स्वस्थ रहने बारम्बार सल्लाह समेत दिँदै आएका छन् ।

यसैबीच डेल्रे बिच फ्लाका एमडि चिकित्सक डा. ग्रिगोरी डि. एल्बर्ट भन्छन्, ‘व्यक्तिले प्रयोग गर्ने अन्डरवेयर सदैव सफा एवम् दैनिक परिवर्तन गर्नु पर्दछ । अझ धेरै पसिना आउने ज्यान छ भने त्यस्ता व्यक्तिले दिनमा कम्तिमा दुई पटकसम्म आफ्नो भित्रिवस्त्र परिवर्तन गर्नुपर्छ ।’  उनका अनुसार, तुलनात्मक रुपमा पुरुषहरुले गहृौ सामान बोक्ने तथा उनीहरुमा धेरै पसिना आउने हुँदा विशेषगरी उनीहरुले भित्रिवस्त्र परिवर्तनमा विशेष ख्याल राख्नुपर्दछ ।

यस्तै, राय अर्का एक विज्ञको पनि रहेको छ । उनी भन्छन्, ‘वास्तवमा एउटा अन्डरवेयर एक महिनासम्म प्रयोग गरी सके पश्चात् हामीले त्यसलाई फाल्नुपर्छ । अझ प्रत्येक पटक आफ्नो यौनांगको कपाल काटेपिच्छे नै नयाँ अन्डरवेयर किन्नु उपयुक्त रहन्छ ।’ उनका अनुसार, दैनिक परिवर्तन गरेता पनि एउटा अन्डरवेयर एक महिनासम्म मात्रै लगाउनु उपयुक्त हुन्छ ।

वास्तवमै पनि सफा वस्त्र लगाउनु पर्छ भन्ने धारणाप्रति आजको हाम्रो समाजमा कसैको पनि आपत्ति रहेको देखिदैन । अझ यसरी परिवर्तित कपडाको प्रयोगले तपाईलाई रोगबाट टाढा राख्न समेत मद्दत गर्दछ । त्यसैले पनि  फोहोर र अशुद्ध भित्रिवस्त्र प्रयोग गर्ने व्यक्तिहरु यसप्रति सजग रहनु पर्दछ ।

आखिर के हुन्छ त एकै भित्रिवस्त्र लामो समयसम्म लगाउनाले ? यसले स्वास्थ्यमा कस्तो किसिमको समस्या निम्त्याउँछ त? आउनुहोस् यसबारे केहि जानकारी हासिल गरौं ।

यसबाट निम्तिने समस्याहरु :

  • चिलाउने,
  • राता धब्बा एवम् बिबिराहरु देखा पर्नु,
  • पुरुषग्रन्थी क्यान्सरको जोखिम बढाउनु,
  • ब्याक्टेरियाको संक्रमण बढाउनु,

समाधानका उपायहरु :

माथि उल्लेखित समस्याहरुको साझा एवम् सहज उपाय भनेकै भित्रिवस्त्रको दैनिक परिवर्तन हो ।  सफा अन्डरवेयरको प्रयोगले यस्ता समस्याबाट राहत पाउन सकिन्छ ।  यससँगै हामीले लगाउने  भित्रिवस्त्र सदैव सहज र उचित साइजको हुनुपर्दछ । अन्यथा प्रयोग गरिएको अन्डरवेयर धेरै टाइट भएमा यसले व्यक्तिमा असहज स्थितिको सिर्जना गर्नुका साथै व्यक्तिमा अन्य समस्या समेत निम्त्याउन सक्छ । यस्तै, खुकुलो अन्डरवेयर प्रयोग गर्नाले कपडा दोब्रिन पुगी यौनांग पोल्ने समस्या समेत देखा पर्दछ । त्यसैले, हामीले सदैव राम्रो कम्पनीको(रङ नजाने र सहज महशुस हुने) अन्डरवेयरलाई आफ्नो प्राथमिकतामा राख्नुपर्दछ ।

प्रयोग गरिएको भित्रि कपडा धोएर मात्र हुदैन यसको पुनः प्रयोगको निम्ति यसलाई राम्रोसँग सुक्न पनि दिनुपर्दछ । अझ धोएको भित्रिवस्त्र घाममा सुकाएमा यसमा भएको ब्याक्टेरियाको समेत नाश हुने विज्ञहरु बताउँछन् । यद्यपि यति उपाय अपनाउँदा-अपनाउँदै पनि तपाईमा यौनांग वरपर चिलाउने, राता हुने एवम् बिबिरा देखा परेमा भने तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ