२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबढ्दो उमेरसँगै देखिने योनी सुख्खापनको समस्याबाट पाउनुहोस् राहत

बढ्दो उमेरसँगै देखिने योनी सुख्खापनको समस्याबाट पाउनुहोस् राहत


महिनावारी रोकिएपछि महिलाहरुले भोग्ने साँझा समस्यामध्ये योनीको सुख्खापन पनि एक हो । तसर्थ, यसलाई बढ्दो उमेरक्रमका कारण पनि मानिन्छ । तर, कमै महिलाहरु यस समस्यालाई लिएर परामर्शका निम्ति डाक्टरकोमा धाउने गर्छन ।

यसले महिलामा पिडाका साथै असहज परिस्थितिको समेत सिर्जना गर्दछ । धेरैले यसलाई गम्भीर समस्याको रुपमा नलिएता पनि यसले व्यक्तिको यौन जीवन र आपसी सम्बन्धमा उत्तार-चढाव ल्याउन सघाउ पु¥याउँछ । आफ्नो आत्मविश्वास एवम् स्वास्थ्यको प्रतिवाद रहेको यस समस्याबाट कसरी बच्ने त? के यस्ता समस्याका घरेलु उपचार पनि छन्?

महिला स्वभावले नै लजालु हुन्छन। झन् उनीहरुमा यौन समस्या आएमा भन्न र अस्पताल जान अझै पनि महिला हिच्किचाउछन्। लजालु तथा यौन समस्या देखिरहने महिलाका लागि यो खुसीको खबर हुन सक्छन् कि यस समस्याको हल घरबाटै पनि गर्न सकिन्छ । तर, यस्ता उपाय अपनाउँदा व्यक्तिको शरीरअनुसार यसको प्रभाव पर्ने हुँदा एकपटक चिकित्सकको सल्लाह लिन भने जरुरी हुन्छ।

समाधानका उपायहरु

तेलको प्रयोग

योनी सुख्खा हुनु भनेको आवश्यक चिल्लो पदार्थको कमी हुनु हो । सुख्खा भएकै कारण महिलामा योनी चिलाउने, पोल्ने, चिडचिडाहट हुने तथा सुन्निनेजस्ता आदि समस्याहरु उत्पन्न हुन्छ । तसर्थ, यस्ता समस्या समाधान गर्ने गतिलो घरेलु उपचार भनेकै तेलको प्रयोग गर्नु हो ।

यसका लागि हामीले नरिवलको तेल, जैतुन(ओलिभ) को तेल, भिटामिन–ई तेल, जोजोबा एवम् इभिनिङ्ग प्रिम्रोजस्ता आदि तेलहरुको प्रयोग गर्न सकिन्छ । योनी को वरपर रहेको लिपिड ब्यारियर(भित्ता) मायस तेल लगाउनाले यी तेलहरुमा पाइने फ्याटि एसिडका कारण योनिको सुख्खापनबाट राहत पाउन सकिन्छ । यस्तै अस्ट्रेलियामा करिब २५ जना महिलामा गरिएको सर्वेक्षणले पनि यी उपाय उपयोगी रहेको निस्कर्ष निकालेका छन् ।

घ्युकुमारी

घ्युकुमारीलाई छालाका अधिकांश समस्या दूर राख्ने औषधीको राजा पनि मानिन्छ । छालाका विभिन्न समस्याको औषधी रहेको यसलाई योनीको सुख्खपन टाढा राख्नका निम्ति पनि उत्तिकै प्रयोग गर्न सकिन्छ । यसमा पाइने भिटामिन ‘ए’ र ‘सी’का कारण योनीको सुख्खापनबाट बच्न सकिन्छ । यसका लागि घ्युकुमारीलाई काटेर यसको जेल योनीको ब्यारियरमा लगाउनु पर्छ ।

दहि

दहिलाई खाना पचाउन मद्दत गर्ने एक उत्तम खानाको रुपमा लिइन्छ । योनीको सुख्खापन स्वस्थ ब्याक्टेरियाको कमीका कारण पनि हुने भएकाले यसको प्रयोग गर्दा त्यस्ता समस्याबाट राहत पाउन सकिन्छ । ‘अर्चिभ्स अफ गाइनेकोलोजी एण्ड अब्स्टेट्रिक’मा प्रकाशित जर्नल अनुसार यसमा पाइने ल्याक्टोबासिली ब्याक्टेरियाका कारण यसले योनीको सुख्खापनलाई हटाउन मद्दत गर्दछ ।

फिटोइस्ट्रोजेन रिच डाइट

इस्ट्रोजेनको कमीले योनि सुख्खापन हुन थाल्छ । हार्माेनको सन्तुलन कायम राख्ने यस इस्ट्रोजेनको कमी हुना साथै यसले योनीमा असर देखाउन थाल्दछ । तसर्थ, गाँजर, चेरी, फ्ल्याक्स सिड, सुन्तला एवम् एभोकाडोको सेवनले शरीरमा इस्ट्रोजेनको वृद्धि गर्दछ ।

ओमेगा–३ फ्याटि एसिड

महिनावारी रोकिएपछि महिलाका ओमेगा–३ फ्याटि एसिड उपयोगी मानिन्छ । यो योनी सुख्खापन संगसंगै डिप्रेशन, मुटुरोगजस्ता समस्याको निम्ति पनि उपयोगी मानिन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ