२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ?

महिनावारीको समयमा यौनसम्पर्क गर्दा महिलालाई फाइदा कि बेफाइदा ?


अधिकांश तेस्रो मुलुकका महिलाहरु आफ्नो महिनावारीको समयमा यौन सम्बन्ध कायम गर्न खोज्दैनन् । यसैगरी यस समयमा रक्तश्राव हुने भएकाले पनि कतिपय पुरुषहरु चाहाना हुँदा हुदै पनि सम्बन्ध कायम गर्न घिनाउँछन् । तर, कतिपय पुरुषले भने यसलाई सामान्य रुपमा लिन्छन् र यौनसम्बन्धका लागि प्रस्ताव राख्छन् । र, महिला आफू भने महिनावारी भएकै कारण यसबाट पन्छिन खोज्छन् ।

तर, महिनावरीको दैरानमा पनि यौनसम्बन्ध कायम राख्न चाहानेहरु यसै कारण पन्छिन नपर्ने विभिन्न विज्ञहरुको भनाइ छ । अझ यससम्बन्धि गरिएको केहि अध्ययनले भने त्यस्तो समयमा कायम राखिएको यौनसम्पर्कबाट महिला आफै फाइदामा रहने बताएका छन् ।

महिलामा हुने फाइदाहरु 

महिनावारीको समयमा पेट दुख्ने समस्याबाट राहत

अग्र्यानिजमले महिनावारी क््रयाम्प्स(बाउडिने समस्या) लाई टाढा राख्दछ । महिनावारी क््रयाम्प्स भनेको गर्भाशयले शेचनको प्रकृयापछि लाइन निष्काशन गरेको अवस्था हो । शरीरमा भएको अग्र्यानिजम गर्भाशयको मांसपेशिसंग समेत सम्बन्धित रहेको हुन्छ । तसर्थ महिनावारीको समयमा गरिएको यौनसम्पर्कले उनीहरुको महिनावारीमा हुने पीडालाई टाढा राख्छ ।

यौनसम्पर्कले इन्डोफिन नामक केमिकलको पैदा गर्छ, । जसले तपाईमा राम्रा भाव उत्पन्न हुन पुग्छ । यसका साथै यसले महिनावारीमा यौनसम्पर्क कायम गर्न हुदैन भन्ने तपाईको मानसिकतालाई टाढा राख्दछ ।

रक्तश्रावको समयावधिमा कम

महिनावारीको क्रममा राखिएको सम्बन्धका कारण रक्तश्रावको अवधि कम हुने हुन्छ । सम्पर्कका क्रममा लिंगको धक्काका कारण गर्भाशय क्षेत्रका मांसपेशी संकुचित हुन पुग्दछ । जसकारण रक्तश्रावको अवधि छोटो हुन्छ ।

यौन क्षमतामा वृद्धि

महिलाको कामवासना प्रत्येक मासिक चक्रमा परिवर्तन हुन्छ । महिनावारीको क्रममा हुने हार्माेन गडबढका कारण महिलामा यस्तो परिवर्तन देखा परिरहन्छ । अधिकांश महिलाहरु आफ्नो ओभुलशनको दुई हप्ता अघि दौरानमा उनीहरुमा यौन चाहाना तीव्र हुने बताउँछन् ।

प्राकृतिक लुब्रिकेशन

महिनावारीमा हुने हार्माेन्सका कारण महिलाको योनिमा स्वतः चिल्लो पदार्थ आउने हुन्छ । जसकारण यस समयको सम्भोग झन् खास यादगार रहन्छ ।

टाउको दुखाईबाट टाढा राख्छ

वुमेन ट्रस्ट सोर्सका अनुसार, करिब आधाजसो महिलाले महिनावारीको यौनकिडाले आफ्नो टाउको दुखाई टाढा राख्ने बताउँछन् । यद्यपि अध्ययनका क्रममा अधिकांश महिला स्वयम् आफैले महिनावारीको दौरानमा सम्भोग नरुचाउने बताएका छन् । तर, सम्बन्ध कायम राखेको महिलाहरुले भने आफ्नो टाउको दुखाई कम गराएको अनुभव रहेको बताए ।

एजेन्सी ।


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ