२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्ता छन् महिलामा देखिने यौन समस्याका प्रमुख कारण

यस्ता छन् महिलामा देखिने यौन समस्याका प्रमुख कारण


सामान्यतयाः महिलामा हुने यौन समस्यालाई एक साझा समस्याको रुपमा लिइन्छ । युवा, मध्यम आयु तथा वर्गको लगभग एक तिहाई महिला र तथा बढ्दो उमेरको आधाभन्दा बढि महिलाहरु यौन समस्याबाट पिडित रहेको विज्ञहरुको अनुमान छ । महिलाहरुमा अन्य स्वास्थ्य समस्या तथा  मानसिक समस्याले पनि यौन समस्या देखिने गर्छ ।

यस्ता छन् महिलामा देखिने साझा यौन समस्याहरु 

  • यौन इच्छा वा उत्तेजना नहुनु,
  • चरमसुख प्राप्त गर्न नसक्नु,
  • सम्भोगको समयमा वा सम्भोगपछि पिडा हुनु,

कारण :

व्यक्तिमा यौन समस्या देखिनु पछाडि विविध कारणहरु रहेका हुन्छन् । कुनै समस्या साधारण एवम् शारीरिक समस्याका कारण देखा पर्छ भने कतिपय समस्याहरु गम्भीर चिकित्सा समस्या, मानसिक एवम् भावनात्मक समस्याका कारण पनि देखा पर्दछ । तीमध्ये केहि कारणहरु यहाँ प्रस्तुत गरिएको छः

  • थकान
  • मधुमेह, हृदयरोग, मिर्गाैला सम्बन्धि रोगजस्ता गम्भीर रोग
  • क्यान्सर
  • रक्त प्रवाहको विकार
  • हार्माेनको गडबडि वा असन्तुलन
  • नशाजन्य मदिरा वा धुम्रपानको लत ।

यसबाहेक प्राकृतिक रुपमा हुने महिनावारी, गर्भधारण एवम् प्रजजन प्रकृयाजस्ता विभिन्न कारणवश् पनि महिलाहरुमा यौन समस्या कुनै न कुनै रुपमा देखा पर्दछ ।

समाधानका उपाय :

यौन समस्याको मुल्यांकन एवम् समाधान; चिकित्सक रुपमा समस्याको कारण पहिचान गर्न सकेको खण्डमा मात्रै सम्भव रहन्छ । कतिपय समस्याको कारण पहिचान गर्न सकेमा मात्रै पनि आधाजति समस्या स्वतः हल गर्न सकिने विज्ञहरु बताउँछन् ।  यौन समस्यालाई बेवास्ता गर्दा यसले कालान्तारमा शरीरमा गम्भीर समस्या ल्याउनुका साथै दम्पत्तीबीच मनमुटाव समेत पैदा गर्दछ । तसर्थ कुनै पनि यौन समस्यालाई सामान्य नठान्न चिकित्सकहरुले सुझाउँदै आएका छन् ।

यसबाहेक यौन समस्या समाधानका कुनै पनि घरेलु उपाय अपनाउनु अघि चिकित्सकसँग अनिवार्य रुपमा सुझाब लिनु पर्ने हुन्छ । यस्तै आफुमा यौन समस्या परेर उपचार एवम् परीक्षणको लागि उपचार जादै हुनुहुन्छ भने यदि तपाईमा स्वास्थ्य सम्बन्धि अन्य कुनै प्रकारको समस्या छ वा औषधी प्रयोग गर्दै हुनुहुन्छ भने त्यो कुरा खुलस्त रुपमा चिकित्सकलाई बताउनु पर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ