२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यपिसाबको समस्या कतै प्रोस्टेट क्यान्सरको लक्षण त होइन?

पिसाबको समस्या कतै प्रोस्टेट क्यान्सरको लक्षण त होइन?


प्रोस्टेट क्यान्सर भन्नाले पुरुषग्रन्थीमा हुने क्यान्सर भन्ने बुझिन्छ । वोर्ल्ड  क्यान्सर रिसर्च फन्डको तथ्यांक अनुसार संसारभर अधिक मात्रामा देखिने क्यान्सरको दर्जामा यो चौथो स्थानमा रहेको छ । सन् २०१८ को वर्षमा मात्रै करिब १० लाख ३० हजार भन्दा बढि पुरुषहरु यस समस्याको शिकार भएको पाइएको छ । यस्तै विभिन्न अध्ययनले जनाए अनुसार प्रत्येक वर्ष लाखौँ संख्यामा पुरुषहरु यस समस्या लिएर उपाचारका लागि धाउने गरेका छन् ।

प्रोस्टेट क्यान्सर भनेका के हो?

प्रोस्टेट पेटको तल्लो भागमा पाइने एक किसिमको सानो ग्रन्थी हो । यो मुत्राशयको तल र मुत्रनलीको नजिकै रहेको हुन्छ । टेस्टास्टेरोन हार्माेनको नियन्त्रणमा रहने को मुख्य काम भनेको वीर्य उत्पादन गर्नु हो ।

प्रोस्टेट क्यान्सर पुरुषहरुमा देखिने एक साझा समस्या हो । ६५ वर्ष पार गरेका अधिकांश पुरुषमा प्रोस्टेट क्यान्सर देखिन्छ । क्रमिक रुपमा यो व्यक्तिमा बढ्दै–बढ्दै जान्छ । शुरुवाती चरणमा प्रोस्टेट ग्रन्थीसम्म मात्रै सिमित रहने यो समस्याका व्यक्तिलाई अनिवार्य रुपमा उपचारको आवश्यकता पर्दछ । अन्यथा व्यक्तिमा अन्य प्रकारका समस्या समेत देखा परी तीव्र रुपमा फैलिने सम्भावना रहन्छ ,

यसका लक्षणहरु

१. लगातार पिसाब गर्न मन लाग्नु । यस्तो समस्या रातको समयमा पनि देखिन सक्छ ।

२.  पिसाब फेर्न वा रोकिराख्न समस्या हुनु

. पिसाबमा रगत देखिनु

४.  पिसाब फेर्नसँगै स्खलननमा समेत पिडा हुनु

५. उत्तेजित तथा यौन सन्तुष्टिमा कठिनाइ हुनु

६. हाडसम्बन्धि समस्या देखा पर्नु

 ७.  पुठ्ठामा असहज महशुस हुनु ।

कारणहरु

हालसम्म प्रोस्टेट क्यान्सर के कारण हुन्छ भन्ने कुराको उचित यकिन गर्न सकिएको छैन । चिकित्सकले जनाए अनुसार प्रोस्टेटका कोषिकाहरु आएको असन्तुलनसँगै व्यक्तिमा यसको सम्भावना उच्च रहन्छ । असामान्य कोषिकाको डिएनएमा म्युटेसनका कारण कोषहरु बढ्ने र सामान्य कोषिकाभन्दा बढि छिटो विभाजन हुने गर्दछ । असामान्य कोषिकाहरु जिवित रहदै अन्य कोषहरुको भने मृत्यु हुन्छ । यसपश्चात् जम्मा भएका असामान्य कोषहरुले ट्युमर बनाउँछ जसले नजिकको टिस्युहरुमा आक्रमण गर्दछ । कतिपय असामान्य रहेको कोषहरु पनि टुक्रिएर शरीरको अन्य भागहरुमा फैलिने सम्भावना उच्च रहन्छ ।

यसबाहेक निम्न व्यक्तिहरुलाई प्रोस्टेट क्यान्सरको समस्या अधिक मात्रामा देखिएको पाइएको छ :-

  •  बढ्दो उमेर
  • वशांणुगत समस्या
  • मोटोपन
  •  र, काला रंगका व्यक्तिहरु

बच्ने तथा समाधानका उपायहरु

  • स्वस्थवद्र्धक खाद्य पदार्थको पुरक वा सप्लीमेन्ट्स प्रयोग
  •  फलफूल एवम् तरकारीको अधिक सेवन
  •  दूध एवम् दूधजन्य परिकारको अधिक सेवन नगर्न्
  •  रातो मासुको प्रयोगबाट टाढा रहने
  •  उचित तौल कायम राख्ने र,
  • आफूमा कुनै पनि किसिमको लक्षण देखा परी प्रोस्टेट क्यान्सरको शंका लागेमा तुरुन्त चिकित्सकको परामर्श लिने

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ