२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्भावस्थामा महिलालाई किन लाग्छ वाकवाकी ?

गर्भावस्थामा महिलालाई किन लाग्छ वाकवाकी ?


गर्भवती अवस्थामा वाकवाकी लाग्ने समस्यालाई सामान्य एवम् साझा समस्याको रुपमा लिइन्छ । कतिपयमा यो समस्या मर्निङ्ग सिकनेसको रुपमा देखा पर्दछ । विवाहित महिलालाई वाकवाकी लाग्ने बित्तिकै सर्वप्रथम उनी गर्भवती भएको आशंका गरिन्छ ।

गर्भवती महिलालाई वाकवाकी किन लाग्छ?  सामान्य मानिने यसभित्रको कारण के हो? भन्ने कुरा हामीले बुझ्नु जरुरी रहेको छ । अध्ययनका अनुसार महिलाको शारीरिक संरचना एवम् बनावट अनुसार महिलामा गर्भवतीमा भिन्न–भिन्न लक्षणहरु देखा पर्दछ ।

यद्यपि पेटमा गर्भ बसेको महिलामा यो लक्षण गर्भवती भएकोको पहिलो ३ महिनामा देखा पर्दछ । वाकवाकी लाग्ने र बान्ता आउनेजस्ता लक्षण देखिएका महिलामा गर्भपतन हुने जोखिम कम रहने विभिन्न अध्ययनहरुले जनाएको छ ।

आखिर गर्भवती र वाकवाकी बीचको सम्बन्ध के छ त?

गर्भावस्थामा वाकवाकी लाग्नाले तपाईको शरीरमा स्वस्थ गर्भको लागि आवश्यक हार्माेनहरुको वृद्धि भइरहेकोतर्फ संकेत गर्दछ । यससम्बन्धि गरिएको विभिन्न अध्ययन अनुसार गर्भवती महिलामा वाकवाकी लाग्ने समस्याको कारण उनीहरुमा पाइने ह्युमन क्रोनिक गोनाडोट्रोपिन तत्वको प्रभाव हो । गर्भवती महिलाले गर्भाशयको अस्तरमा अण्डा लगाएपछि एचसिजिको उत्पादन गर्न थाल्दछ ।

मर्निङ्ग सिकनेस देखा पर्ने महिलामा अन्य महिलाको तुलनामा एचसिजिको स्तर बढिरहेको हुन्छ । यस्तै,  गर्भावस्थामा बढ्ने ‘एस्ट्रजेन’ नामक हार्माेनको कारण पनि गर्भ बसेका महिलामा वाकवाकी लाग्ने हुन्छ ।  यद्यपि लगातार बान्ता आउने समस्या भने हार्माेनसँग सम्बन्धित हुदैन ।

तसर्थ, लगातार बान्ता आउने र वाकवाकी लाग्ने समस्याले महिलामा अन्य जोखिम समेत निम्त्याउन सक्ने भएकाले त्यस्ता समस्या देखा परेमा तुरुन्त सम्बन्धित चिकित्ससँग सल्लाह लिनुपर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ