२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययसकारण स्तनको आकार घटबढ हुन्छ, समाधानको उपाय यस्तो

यसकारण स्तनको आकार घटबढ हुन्छ, समाधानको उपाय यस्तो


कतिपय महिलाहरुको स्तन आवश्यकभन्दा ठूलो वा सानो आकारको हुने गर्दछ । यस्तै कतिपय महिलामा भने वक्षस्थलको साइज घटबढ अथवा असमान आकारको समेत हुनेगर्दछ । त्यस्ता महिलामा दाहिने स्तन देब्रेको तुलनामा सानो हुने अथवा देब्रेको तुलनामा दाहिने भागका स्तन सानो हुने गर्दछ । यस्ता शारीरिक संरचनाका कारण कतिपयले महिला तथा युवतीले असहज तथा अप्ठ्यारो महशुस गरिरहेका हुन्छन् । जसकारण आफ्नो वक्षस्थलको आकार घटबढ गर्नकै निम्ति उनीहरु चिकित्सक एवम् विभिन्न शारीरिक तालिम केन्द्र समेत धाउने गर्छन् ।

यसको दौडधुपमा विशेषगरी नायिका तथा सेलीब्रेटि पर्सनालिटिहरु अग्रस्थानमा रहेको देखिन्छ । एक किसिमले भन्नुपर्दा वक्षस्थलको आकार महिलाको निम्ति आत्मविश्वास एवम् सहजताको विषय पनि हो । जसकारण पनि महिलाहरु आफ्नो उचित एवम् वक्षस्थलको चाहाना राख्छन् ।

हुन पनि झट्ट हेर्दा आर्कषक र आफूलाई सहज हुने शारीरिक बनावट कसको इच्छा नहोला र?  उसो भए सबै महिलामा वक्षस्थलको आकार किन समान हुदैन त? दायाँ एवम् बायाँ भागको वक्षस्थलका आकारमा केले प्रभाव पार्छ त?

असमान स्तनको आकार वास्तवमै महिलाको आत्मविश्वासका निम्ति घातक रहेको छ । तर, यो सबै महिलाले बुझ्न आवश्यक छ कि प्रत्येक महिलाको दाहिने एवम् देब्रे स्तनको आकार फरक–फरक रहेको हुन्छ । र, यो प्राकृतिक पनि हो ।  तर, यदि भर्खरै मात्रै तपाईको स्तनमा आएको विभिन्न गाँठो एवम् डल्लोका कारण स्तनको आकारमा घटबढ भएको हो भने तपाईले चिकित्सकको सल्लाहमा त्यसको उपचार वा शल्यक्रिया गर्नुपर्दछ ।

यसका कारण

  • अधिकांश चिकित्सकहरु यसलाई वशांणुगत प्रभावको प्रतिफल मान्छन् ।
  • एस्ट्रोजेनलाई साना एवम् किशोरीहरुमा स्तन विकासमा मद्दत पु¥याउने महत्वपूर्ण तत्व मानिन्छ । यो किशोरीहरुमा स्तनको बढ्दो
  • अवस्थादेखि नै सुरु हुन्छ । यो किशोरीमा महिनावरी शुरु भएको दुईदेखि ४ वर्षपछि शुरु हुन्छ । तसर्थ यसबीचमा पनि महिलाको
  • स्तनको आकार असमान हुन्छ ।
  • गर्भअवस्था र महिनावारीका कारण पनि स्तनको आकार परिवर्तित भइरहन्छ ।
  •  केहि महिलाको एउटा स्तनमुनि मात्रै लागेको मासु वा मोटाइका कारण पनि एक स्तन ठूलो र अर्काे सानो देखिन्छ ।
  • तीव्र रुपमा बढेको तौललाई पनि यसको कारक तत्व मान्न सकिन्छ ।

समाधानका उपाय 

असमान स्तन आकारमा समान ल्याउनको लागि डाइट र व्यायामको योगदान महत्वपुर्ण देखिन्छ । यसका लागि निम्न किसिमको व्यायाम गर्न सकिन्छः

  • सर्वप्रथम सीधा उभिने ।
  • आफ्नो कुहिनालाई थोरै झुकाएर हातलाई आफ्नो हिप्सको भागमा राख्नुहोस् ।
  • अब विस्तारै तपाईको कुहिनालाई पछाडि लैजाने र कुहिना एक आपसमा जोड्न खोज्नुहोस् ।
  • यसले तपाईको छातीका मांसपेशीलाई फैलाउन मद्दत गर्दछ ।
  • दिनमा कम्तिमा यो व्यायाम १० पटकसम्म गर्नुहोस् ।
  • आफ्नो हत्केलालाई स्तनमाथि राख्ने र १० सेकेन्डका लागि बेस्सरी दबाउनुहोस् ।
  • यसले स्तनको मांसपेशी फिट बनाउनमा मद्दत गर्दछ ।
  • स्तन वृद्धिका लागि तिलको प्रयोग उपयुक्त मानिन्छ ।
  • यसका साथै तिलको तेलले स्तनमा मसाज गरेर पनि स्तनको आकार वृद्धि गर्न सकिन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ