२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके तपाई यौन सम्बन्धलाई थप रोमाञ्चक बनाउन ‘अल्कोहोल’ सेवन गर्नुहुन्छ ? एकपटक पढौं है

के तपाई यौन सम्बन्धलाई थप रोमाञ्चक बनाउन ‘अल्कोहोल’ सेवन गर्नुहुन्छ ? एकपटक पढौं है


आफ्नो पार्टनरबीचको यौन सम्बन्धलाई थप रोमाञ्चक बनाउन अलिकति अल्कोहोलको नशा उपयुक्त हुने केहि लेखहरुमा उल्लेख गरिएको छ । तर, विभिन्न अध्ययनहरुले भने यस्ता गतिविधिले कालान्तारमा गएर व्यक्तिमा नकरात्मक असर पार्ने जनाएका छन् । अल्कोहोल असरयुक्त तरल पदार्थ भएकाले यसको रौनक क्षणिकको भएता पनि यसको असर दिगो हुने अध्ययनले जनाएको हो ।

यस्तै, अल्कोहोलको असर शरीरको विभिन्न पक्षबाहेक यौन जीवनमा पनि उत्तिकै रहेकोले यसका प्रयोगबाट टाढै रहन विज्ञहरुले सुझाएका छन् ।

यस्तो रहन्छ यौन जीवनमा अल्कोहोलको असर

सहमतिमा समस्या र जोखिमयुक्त सम्बन्ध

फेमिली प्लानिङ एसोसियनको अध्ययन अनुसार ७० प्रतिशत व्यक्तिलाई यौन सम्बन्ध कायम भएपछि आफूमा पछुतोको भाव प्रकट हुने गर्दछ । यस्तो भाव पैदा हुनुका मुख्य कारण उनीहरुले अल्कोहोललाई औल्याएका थिए ।

यस विषयमा बोल्दै डा. सारा जर्विस भन्छिन्, ‘किनकी छोटो समयावधिका लागि नशामा डुबेका व्यक्तिहरु नशाको तालमा अन्य गतिविधिमा जस्तै यौन गतिविधिमा पनि आफ्नो सीमा पार गर्न खोज्छन् । जसकारण उनीहरु होशमा आएपछि पछुताउने गर्छन् ।’ यसले उनीहरुमा जोखिम निम्त्याउनुका साथै आपसी सहकर्मीबीचको सम्बन्धमा समेत फाँटो ल्याउने उनको भनाइ छ।

यस समयमा व्यक्तिले सबैभन्दा बढि असुरक्षित यौन सम्बन्धका लागि जिद्दि गर्दछन् । आफ्ना पार्टनरको सहमतिबिना नै उनीहरु जबरजस्ती त्यस्ता सम्बन्ध कायम गर्न खोज्छन् । र, कालान्तारमा यहि विषय नै उनीहरुलाई सताउने पछुतोको विषय बन्न पुग्दछ ।

अल्कोहोल र उत्तेजना

अत्याधिक मदिरा सेवनले सम्भोगको क्रममा अत्यावश्यक मानिने उत्तेजना, रक्तसञ्चार, श्वासप्रश्वास प्रणाली तथा स्नायु समाप्तीको संवेदनशीलतामा गहिरो असर पार्दछ ।
युरोलोजिकल सर्जन एवम् लन्डन बेन्लिग्नटनका एन्ड्रोलोजिस्ट डा. असिफ मुनिर मदिरा सेवनले ‘यौन उत्तेजना बढाउने तर, प्रदर्शन घटाउने’ बताउँछन् ।
‘अल्कोहोल सेवनले आत्मविश्वास बढाएता पनि पुरुषमा चरमउत्कर्षको अवस्था भने स्वतः घटाउँछ, ‘डा. मुनिरले भने । यस्तै, यस्ता समस्या नियमित पिउने व्यक्तिका लागि सामान्य भएता पनि उनीहरुसँग सम्भोग कायम गर्दा पार्टनरका लागि समेत पीडादायी हुने उनले बताए ।

दिगो–असर

डा. मुनिरले मुत्रवर्धक पेय पदार्थ रहेको बताएका छन् । यसको सेवनपछि व्यक्तिलाई अत्याधिक पिसाब लाग्दछ । जसकारण व्यक्तिको शरीरमा हाइड्रेसन( सुख्खा) हुन पुग्दछ । यस्तै, यसले व्यक्तिको लिंगको ब्ल्याडरलाई समेत चर्काउन सक्ने भएकाले व्यक्तिमा मुत्रशाय सम्बन्धि विभिन्न रोगहरु निम्त्याउँछ । यसैगरी मदिरा सेवन गर्ने व्यक्तिमा मोटोपन तथा मुटु, फोक्सो सम्बन्धिका विभिन्न रोगहरुको जोखिम उच्च रहन्छ । जसकारण उनीहरु यौनमा पर्याप्त आफ्नो ऊर्जा प्रदर्शन गर्न सक्दैनन् । र, यस्ता रोग उनीहरुमा दिगो रोगको रुपमा स्थापित हुन्छन् ।

मदिरा सेवन र प्रजनन

‘दि रोयल कलेज अफ अब्स्टेट्रिसियन्स एण्ड गाइनोकोलोजिस्ट’ ले गर्भवति महिलाको शुरुको पहिलो तीन महिनामा मदिरा सेवन गर्नु खतरायुक्त रहने बताएका छन् । यसबाहेकका अन्य महिनामा पनि अल्कोहोलबाट टाढै रहनुपर्ने भएता पनि यो समय अत्यन्तै संवेदनशील अवस्था भएकाले यस्तो समयमा अल्कोहोलको मात्रा कत्ति पनि प्रयोग नगर्न उक्त संस्थाले सुझाव समेत गरेको छ ।

यस्तै ‘दिइन्डिपेन्डेन्ट च्यारिटी ड्रिंकिंक वेरले पुष्टि गरे अनुसार अल्कोहोल सेवनले प्रजनन क्षमतामा समेत हानि पु¥याउँछ । युकेका केन्द्रिय स्वास्थ्य अधिकारीहरुले तयार पारेका लो–रिक्स ड्रिङकिङको गाइडलाइन्स अनुसार मदिरा सेवनकर्ताको महिनावारी तथा गर्भको प्रकृयामा ढिलाइ हुने गर्दछ । यस्तै उनीहरुको प्रजनन क्षमतामा समेत यसले हृास ल्याउन मद्दत गर्दछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ