२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्ता छन् गर्भावस्थामा यौनसम्बन्ध राख्नुका फाइदा

यस्ता छन् गर्भावस्थामा यौनसम्बन्ध राख्नुका फाइदा


सृष्टि एवम् आपसी निकटताको केन्द्रबिन्दु मानिने सम्भोग वैवाहिक जीवनको एक आनन्दमय पाटो हो । यसको अनुपस्थितिमा असम्भव रहेको संसारको सारा सृष्टि यसैका कारण अडिग छ । सम्पूर्ण सृष्टिको भार बोकेको सम्भोग गर्भअवस्थामा भने कत्तिको उपयोगी रहेको छ त? के गर्भअवस्थामा पनि यसको फाइदा उठाउन सकिन्छ ? यो कतिपयको जिज्ञासा हुन सक्दछ ।

गर्भावस्था एक संवेदनशिल अवस्था भएता पनि नाजुक अवस्था भने नभएको विज्ञहरुको भनाइ छ । तसर्थ, यस अवस्थामा पनि यौन आनन्द प्राप्त गर्न सकिने उनीहरु बताउँछन । उल्टो यस समयमा कायम गरिएको सम्भोगले आमा तथा गर्भमा रहेको भ्रुण दुवैलाई फाइदा समेत हुने देखिन्छ ।

‘काउन्सिल कपल बिफोर, ड्युरिङ एण्ड आफ्टर प्रिग्नेन्सी’ का लेखक एवम् सेक्स थेरापिस्ट स्टेफ्यानि ब्युलरले महिलाको इच्छा भएमा सजग रुपमा सम्बन्ध कायम राख्न सकिने बताउँछिन् । ‘यस समयमा हुने हार्मोनको गडबढका कारण महिलामा यौनइच्छा उत्पन्न हुन्छ । तसर्थ, त्यस्तो समयमा भने सम्बन्ध कायम राख्न सकिन्छ, उनले भनिन् ।

‘यद्यपि कतिपय महिलालाई यस समयमा यौन इच्छा उत्पन्न नहुने भएकाले सम्भोगपूर्व उनको रुचिमा पनि ध्यान दिनुपर्दछ, ‘ब्युलर भन्छिन् । यस समयमा सामान्य अवस्थाभन्दा फरक रहेकोले गर्भअवस्थामा गरिने सम्भोग बडो होशियारपूर्वक कायम राखिनु पर्दछ । यसअन्र्तगत गर्भवतिको खुट्टा धेरै फाटिने एवम् जोडले दिएको धक्काका कारण शिशुमा असर समेत पुग्न सक्छ । तसर्थ, यसको लागि परीक्षणको क्रममा आफ्नो नियमित चिकित्सकसँग सल्लाह लिँदा उचित रहनेमा उनले जोड दिइन् ।

गर्भावस्थामा सम्भोग राख्नुका फाइदाहरु

अनावश्यक क्यालोरीको अन्त्य,

गर्भावस्थामा गरिने सम्भोग तपाईले गर्नुभएको शारीरिक व्यायाम बराबर हो । यस्तो अवस्थामा कायम गरिएको करिब ३० मिनेटको सम्भोगले करिब ५० क्यालोरी नष्ट गर्दछ ।

रक्तचापको नियन्त्रण

उच्च रक्तचाप आमा तथा शिशु दुवैको निम्ति एक जोखिमपुर्ण अवस्था हो । तसर्थ, गर्भावस्थामा देखिने यस्तो जोखिम सम्भोग कायम गरी प्राकृतिक रुपमा नै नियन्त्रण गर्न सकिन्छ ।

गहिरो निन्द्रा,

गर्भावस्थाको दौरानमा देखिने विभिन्न लक्षण एवम् समस्यामध्ये गर्भवतिलाई निन्द्रा नलाग्नु र छटपटि हुनु पनि हो । तर, सम्भोगले गर्भवतिको यस्तो समस्यालाई टाढा राखी गहिरो निन्द्रा प्रदान गर्न मद्दत गर्दछ ।

पीडा एवम् असहजतालाई टाढा राख्छ,

सम्भोगको माध्यमबाट महिलामा अक्सिटाइन हार्माेनको निष्काशन हुन पुग्छ । जसले महिलाको पीडा सहन गर्न सक्ने क्षमतामा समेत वृद्धि गर्दछ ।

अन्य समयकोभन्दा फरक अनुभूति,

माथि उल्लेख गरिएजस्तै गर्भावस्था अन्य सामान्य अवस्थाभन्दा केहि फरक रहेकोले यस अवस्थामा कायम गरिएको सम्भोगले महिलालाई एक फरक किसिमको अनुभूति प्रदान गर्दछ । जुन उनी हर समय प्राप्त गर्न सक्दिनन् ।

आफ्नो निकट सम्बन्धको कायम,

आफू गर्भवति भएकोले यौन सम्बन्ध कायम गर्न इन्कार गरेकै कारण आफ्ना श्रीमान् अन्य युवतीप्रति आकर्षित हुने धेरै महिलाहरुको गुनासो रहेको छ । तसर्थ, सम्भोग कायम भइरहेमा भने पुरुषहरु अन्य युवतीतर्फ आकर्षित हुने समस्यामा समेत कमी आउँछ । जसबाट आफ्नो आपसी सम्बन्ध उसैगरी कायम रहिरहन मद्दत पुग्दछ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ