२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकिन घट्छ व्यक्तिमा यौन चाहाना प्रतिको रुचि ?

किन घट्छ व्यक्तिमा यौन चाहाना प्रतिको रुचि ?


के तपाई ‘सेक्स’को नाम सुन्ने बित्तिकै नाक खुम्चाउने वा मुख बिगार्ने गर्नु भएको छ ?  चिन्ता नगर्नुस् गुमेको यौनप्रतिको रुचि फिर्ता ल्याउन पनि अनेकौं उपायहरु रहेका छन् । अध्ययनले बताए अनुसार तपाई जति यस समस्याबाट ग्रसित हुनुहुन्छ त्यति नै यस समस्याबाट छुटकारा पाउने उपाय सरल एवम् सहज रहेको छ ।

यससम्बन्धि विज्ञहरुले ४ हजार ८ सय ३९ पुरुष र ६ हजार ६ सय ६९ महिलामा २ वर्षसम्म उनहिरुको यौनजीवन बारे एक सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा आफ्ना जीवनकालमा कुनै न कुनै बेला कम्तिमा १ पटक यौनसम्बन्ध कायम भएको र १६ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई समावेश गरिएको थियो । बीएमजेमा प्रकाशित उक्त सर्वेबाट एक प्राप्त रोचक तथ्य प्राप्त भएको थियो ।

प्राप्त तथ्य अनुसार अध्ययनको अवधिमा कुल सहभागीमध्ये १५ प्रतिशत पुरुष र ३४ प्रतिशतभन्दा बढि महिलाहरुले आफ्नो यौनप्रतिको रुचि घटेको बताए । यद्यपि यौनप्रति रुचि घट्नु पछाडिको कारण भने प्रत्येक महिला एवम् पुरुषमा फरक–फरक रहेको पाइयो । जसमा उनीहरुको उमेर, गतिविधि, शारीरिक एवम् मानसिक स्वास्थ्यजस्ता आदि पक्षहरु रहेका थिए । तुलनात्मक रुपमा यौनप्रतिको रुचि घट्नेमा पुरुषभन्दा महलिाको संख्या बढि रहेको थियो ।

यस अर्थमा भन्नुपर्दा लामो समयको सम्बन्धमा सुरक्षा, साथ तथा मायाको आवश्यक पर्दछ । तर, सो पक्षहरुको अभावमा भने व्यक्तिमा आफ्ना पार्टनरप्रतिको यौनरुचि घट्ने गर्छ । एकपटकको हनिमुनको चरण सकिएपछि यौनका कुरा सामान्य लाग्न थाल्ने स्काई लाइट काउन्सिलिङ सेन्टरका प्रमुख डेभिड क्लोले बताए ।

‘अधिकांश जोडिहरु यौनको तालिका नै बनेपछि स्वतः दिक्क मान्छन्’ ,उनले भने ।  भनेपछि हराएको यौनइच्छालाई कसरी पुनर्जिवित गर्ने त ? यस विषयमा बोल्दै क्लो भन्छन्, ‘नियमित यौनसम्बन्ध कायम गर्ने प्रकृयामा ल्याउने परिवर्तन नै यसको उत्तम उपाय हो । भाग्यवश, यस समस्या समाधानका विभिन्न उपायहरु रहेका छन् ।’ जुन निम्न छन्ः-

  • नियमित स्थान परिवर्तन गर्ने
  •  नयाँ आशन अपनाउने
  •  यौनक्रिडा बाहेकका समयमा पनि आफ्नो पार्टनरसंग राम्ररी संवाद गर्ने
  • आपसी समझदार सहयोगी सम्बन्ध स्थापित गर्ने
  • दुवैको इच्छा एवम् चाहानाको कदर गर्ने
  • धुम्रपान तथा मद्यपानबाट टाढा रहने
  • टिनएजर(किशोरावस्था) जस्तो वयवहार गर्ने
  • सदैव नयाँ जोडिजस्तो व्यवहार गर्ने
  • सम्भोगको लागि उपयुक्त स्थान चुन्ने । अर्थात् मध्यान्हको अन्तिम समयलाई सम्भोगको लागि उपयुक्त एवम् रोचक समय मानिन्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ