२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययौनप्रतिको अरुचि कतै तपाईको खानपिनको प्रतिफल त होइन?

यौनप्रतिको अरुचि कतै तपाईको खानपिनको प्रतिफल त होइन?


खानाको अत्याधिक सेवनले पनि व्यक्तिको यौनजीवनलाई असर पार्ने गर्छ  । सुन्दा अचम्म लाग्न सक्छ तर या सत्य हो । व्यक्तिको यौनजीवनलाई असर गर्ने थुप्रै पक्षहरुहरु छन् । जसमध्ये खाना पनि एक हो । हो, यस्ता केहि खानेकुरा पनि छन् जुन सेवन गर्दा तपाईको यौनप्रतिको रुचिलाई घटाइ रहेको हुन्छ ।

आखिर खानाले कसरी यौनजीवनमा असर पार्छ त?

खानालाई हाम्राो शरीरमा एक प्रभावकारी एवम् आवश्यकीय तत्वको रुपमा लिइन्छ । यसले तपाईको शरीरलाई फाइदा र बेफाइदा दुवै गर्ने तागत राख्दछ । तर, जब यौनजीवनको कुरा आउँछ, तब निम्न रुपमा यसले तपाईको यौनजीवनमा असर पार्दछः

  •  रक्तप्रवाह

यौनअंगमा उचित रुपमा भएको रक्तप्रवाहकै कारण व्यक्तिलाई यौन उत्तेजना हुने गर्छ । तसर्थ, यस्ता केहि खानाहरु पनि छन्, जसले तपाईको रक्तप्रवाहलाई कम गराउँछ । र, त्यसकारण व्यक्तिमा स्वतः यौनप्रतिको रचि घट्छ वा यौन उत्तेजना नअउने समस्या देखिन्छ । तसर्थ यस्ता समस्या नदेखियोस् भनन्का लािग हामीले रक्तप्रवाह बढाउने खानाहरुको सेवन गर्नुपर्छ ।

  • टेस्टोस्टेरोन

यसलाई पुरुषको यौनइच्छाको निमित्त प्रमुख कारणको रुपमा लिइन्छ । अर्थात्, टेस्टोस्टेरोन हार्माेनकै कारण व्यक्तिमा यौनइच्छा पैदा हुन्छ, भने यसको अभावमा कम वा यौनप्रति इच्छा नै नरहने हुन्छ । तसर्थ केहि खानाहरुले यसको मात्रालाई असर गरेको खण्डमा व्यक्तिमा यौनप्रति रुचि नहुने समस्या देखा पर्दछ ।

  • भावना

तनाव र चिन्तालाई पनि यौनरुचि घटाउने प्रमुख कारक तत्वको रुपमा लिइन्छ । मस्तिष्कलाई शान्त राख्ने खानाहरुले व्यक्तिको यौनजीवनमा सुधार ल्याउन अहम् भुमिका निर्वाह गर्छ । तसर्थ, यदि तपाई आफ्नो सुखी यौनजीवन प्राप्त गर्न चाहानुहुन्छ भने तपाईले यौनलाई असर गर्ने निम्न खानाहरुबाट टाढै रहनुपर्दछः

  • सोडा

सोडामा पाइने एसपारटेमले सेरोटोनिनको उत्पादनमा कमी ल्याउद यौनइच्छा घटाउँन मद्दत गर्दछ ।

  •  माइक्रो वेभ पपकर्न

यसरी माइक्रो वेभमा बनाइएर दिइने पपकर्नको ब्यागमा पाइने एसिडले तपाईको यौनप्रतिको रुचिलाई लामो समयसम्म असर गर्नुका साथै यसले पुरुषको यौनअंगमा समेत असर गर्न सक्ने सम्भावना रहन्छ ।

  • अल्कोहोल

अल्कोहोलजन्य पदार्थलाई उदासिनताको प्रमुख कारक तत्वका साथै यौनजीवनमा असर गर्ने मुख्य पदार्थको रुपमा लिइन्छ ।

  • भटमास

भटमासले शुक्रकिटको मात्रामा कमी ल्याउनुका साथै यौन रुचिमा पनि असर गर्दछ ।

  • चिनी

अत्याधिक चिनीको सेवनले पुरुषमा टेस्टोस्टेरिनमा कमी ल्याउदै यौनउत्तेजनामा कमी ल्याउँछ ।

  • पुदिना

पुदिनाले पनि समान रुपमा टेस्टोस्टेरिनमा असर पु¥याउने काम गर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ