२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटुरोगीले यौनसम्बन्ध स्थापित गर्नुपुर्व चिकित्सकको सल्लाह लिनुपर्दछः अध्ययन

मुटुरोगीले यौनसम्बन्ध स्थापित गर्नुपुर्व चिकित्सकको सल्लाह लिनुपर्दछः अध्ययन


मुटुरोगीका लागि दैनिक जीवनयापन गर्नु सामान्य जीवनभन्दा फरक र सकसपुर्ण हुने गर्छ। दैनिक कस्तो खाना खाने? बाहिरी वातावरणबाट कसरी जोगिने? र, कसरी तनावलाई नियन्त्रण गर्ने? भन्नेजस्ता चिन्ता उनीहरुमा सदैव रहिरहन्छ । यस्तै धेरै प्रश्नबीच उल्झिएको एक समस्या भनेको यौनस्वास्थ्यको समस्या र यससम्बन्धि प्रश्न पनि एक हो ।

मुटुरोगले यौन सम्बन्धमा के–कस्तो असर पार्छ? मुटुरोगीले यौन सम्बन्ध कायम गर्न मिल्छ कि मिल्दैन? भन्ने जिज्ञासा अधिकांशको रहन सक्छ । यसै सन्दर्भलाई लिएर अमेरिकन हार्ट एसोसियनले पछिल्लोपटक वैज्ञानिक तवरबाट गरिएको एक अध्ययनले भने मुटुरोगस्थिर भएको अवस्था सम्भोग गर्नु सुरक्षित रहेको तथ्य पत्ता लगाएको छ ।

यस विषयमा बोल्दै अनुसन्धानका प्रमुख लेखक एवम् बेलर कलेज अफ मेडिसिन इन हस्टनका एमडि डा. ग्लेन एन लेभिन भन्छन्, ‘यौन गतिविधि मुटुरोगी महिला र पुरुष दुवैका लागि सुखी यौनजीवनमा उत्तारचढाव ल्याउन मद्दत गर्ने एक प्रमुख कारक तत्व हो ।’

यद्यपि यस्ता व्यक्तिहरुको यौन सम्बन्धको अवधि निकै नै छोटो हुने भएपनि मुटुरोगका कारण हुने हृदयघात र छातीको दुखाईजस्ता घटना यौन गतिविधिको क्रममा निकै कम हुने गरेको पाइन्छ । ‘यौनसम्बन्ध स्थापित गर्नु केहि मुटुरोगीका लागि सुरक्षित रहेपनि उनीहरु यसबाट टाढा रहने गर्छन, ‘लेभिन भन्छन्, ‘तर केहि बिरामीहरुका लागि भने मुटुको अवस्थामा स्थिर नआएसम्म यौनसम्बन्धबाट टाढै रहनु उनीहरुका लागि उचित रहन सक्छ ।’

अमेरिकन हार्ट एसोसियनमा स्वयम् सेवक समेत रहेका लेभिन, व्यक्तिमा मुटुरोगका गम्भीर समस्या देखिएको खण्डमा भने यौनसम्बन्ध कायम गर्नुपुर्व एकपटक अनिवार्य रुपमा स्वास्थ्य जाँच समेत गर्नुपर्ने बताउँछन् ।

मुटुरोगले यौनजीवनलाई कसरी प्रभावित गर्छ?

यौनसम्बन्धि देखिने अधिकांश समस्याहरु मुटुरोगका कारण नै सिर्जित भएका थुप्रै केसहरु रहेका छन् । अर्थात्, कुनै न कुनै रुपमा यो तनाव र चिन्ताको माध्यमबाट पनि व्यक्तिमा मुटुको समस्या हाबी भएको देखिन्छ ।  जसले यौनजीवनमा प्रत्यक्ष असर पु¥याउँछ । निम्न विविध कारणले मुटुरोगीको यौनजीवनमा असर पु¥याउँछः

  • यौनइच्छामा कमी आउने
  • उत्तेजना नहुने
  •  योनाङ्गमा सुख्खापन
  • यौन सन्तुष्टि प्राप्त नगर्नु ।

समाधानका उपायहरु :

  • यौन सम्बन्ध स्थापित गर्नुपुर्व चिकित्सकको सल्लाह लिने ।
  • पर्याप्त समय तथा शरीरलाई सहज भएको बेला र अन्यको दबाब नभई स्वइच्छा भएको बेला मात्रै यौनसम्बन्ध कायम राख्ने ।
  • यदि व्यक्तिलाई हृदयघातका समस्या छ भने शारीरिक व्यायाम र यौन गतिविधिद्धारा पनि उक्त जोखिमलाई कम गर्न सकिन्छ ।
  • महिला मुटुरोगीले परिवार नियोजन वा गर्भका योजना गर्नुपुर्व पनि अनिवार्य रुपमा सम्बन्धित चिकित्सकसंग परामर्श लिने ।
  • यौनसम्बन्धि केहि समस्या भएको महशुस हुने बित्तिकै यो मुटुरोग, तनाव वा डिप्रेशनसंग सम्बन्धित छ वा छैन भनी जाँच गराउने ।
  • यौन गतिविधिभन्दा पहिले व्यक्तिको स्वास्थ्य महत्वपुर्ण भएकाले यौन सम्बन्धलाई प्रभावित पा¥यो भन्दैमा औषधि सेवन गर्न नछोड्ने÷औषधिको नियमित सेवन गर्ने ।
  • उत्तेजना नहुने समस्या केहि औषधिको सेवनले ठिक पार्न सक्ने भएता पनि यदि व्यक्तिमा कोरोनरी धमनीका कारण छाती दुख्ने समस्या छ र सोको निम्ति नाईट्रेट थेरापी लिइदैछ भने त्यस्ता व्यक्तिले औषधिको सेवन गर्नु हुँदैन ।
  • महिनावारी रोकिएको मुटुरोगी महिलाले पिडादायिक यौन गतिविधिबाट छुटकारा पाउनको निम्ति चिकित्सकको सल्लाहमा इस्ट्रोजेनको सेवन समेत गर्न सकिन्छ ।

यसबाहेक मुटुरोग र यौन स्वास्थ्यबीचको सम्बन्धका विषयमा केहि सिमित अध्ययन मात्र भएकाले यसबारे अझ विस्तृत गर्न बाँकि नै रहेको छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ