२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयौन समस्या समाधानका लागि पार्टनरसँग कसरी बातचित सुरु गर्ने त?

यौन समस्या समाधानका लागि पार्टनरसँग कसरी बातचित सुरु गर्ने त?


यौन एउटा यस्तो विषय हो, जुन जति पार्दशिक छ उति नै अपादर्शिक पनि । यो प्रत्येक प्राणीको जीवनमा नितान्त आवश्यकीय पक्ष पनि हो । सृष्टि चलाउने तागत भएको यो विषय विभिन्न मुल्य, मान्यता र कानुनले बाँधिएको छ । जसले यसप्रतिको व्यक्तिको सोचलाई साघुँरो बनाउन समान महत्वपूर्ण  भुमिका समेत निर्वाह गरेको छ । र, परिणाम स्वरुपः मानसिक र शारीरिक पक्षसंग जोडिएको यौन हाल विविध सांस्कृतिक पक्ष र नितिनियमका कारण सामाजिक भएको छ ।

यसकारण कयौं व्यक्तिहरु आफ्नै पार्टनरसँग पनि यस विषयमा खुलेर कुरा गर्न असहज महशुस गर्छन् । र, यससम्बन्धि भएका समस्या र चाहानालाई आफ्नै मनमा कुण्ठित पार्न बाध्य हुन्छन् । यौनजीवनमा प र्न गएको बाधाले व्यक्तिको यौनसन्तुष्टि र सुखलाई हनन गरिदिन्छ ।

यस्तै, कतिपय वैवाहिक बन्धनमा बाँधिएका जोडि पनि खासगरी महिला आफ्नो यौनइच्छा तथा यौन समस्यालाई दबाएरै राख्ने गर्छन् । जुन विल्कुल अस्वभाविक हो । यसरी यौनजीवनमा देखिएका समस्या र बाधाको सम्बन्धमा खुलेर कुरा गर्न नसक्दा केहि जोडिबीच शारीरिक सम्बन्ध कायम हुन नसकेको कयौं समय बितिसक्छ । र, यसैकारणले दिन प्रतिदिन आपसी सम्बन्ध बिग्रदै जाने सम्भावना उच्च रहन्छ ।

अमेरिकामा गरिएको एक अनुसन्धानले व्यक्तिहरुमा यौनका कुरा नहुनु आम रहेको कुरा उल्लेख गरेको छ । सन् २०१७ को सो अध्ययनले देखाए अनुसार अझ, ६५ वर्षमाथिका स्वस्थ रहनका लागि आवश्यक भएपनि त्यस्ता व्यक्तिहरु विरलै मात्रामा यसबारे खुलेर कुरा गर्ने गर्छन् । यस उमेरमा यौनका विषयमा खुलेर कुरा गर्नु उनीहरुका लागि चुनौतीपुर्ण रहने गरेको पाइएको छ ।

‘उनीहरुका लागि यो विषयमा छलफल गर्नु अत्यन्त कठिनपूर्ण रहने गर्छ ।, ‘लन्डन युरोलोजी एसोसियट्सका थेरापिस्ट भिक्टोरिया लेमन भन्छन् ।

के केहि समयदेखि तपाईको यौनजीवनमा पनि समस्या देखिरहेको छ? यसै कारण सम्बन्ध कायम भएको छैन वा हुन सकेको छैन ? र, कसरी आफ्ना पार्टनसँग यस विषयमा कुरा गर्ने भन्ने विषयमा अन्यौल हुनुहुन्छ? यदि यस्तो उल्झनबीच अल्झिनु भएको छ, भने आज हामी यहाँ यस्तै समस्या समाधानको विषयमा बताउदैछौ ।

यसरी शुरु गरौं पार्टनरसँग बातचित

  • बाह्य अवरोध नआउने र आफूहरु दुवै थकित नहुने समय मिलाउने
  •  प्रत्यक्ष रुपमा आफ्ना पार्टनरलाई यौनसम्बन्धि भएको समस्या वा यस विषयमा कुरा गर्नुछ भनी जानकारी दिलाउने
  • यस विषयमा कुरा गर्दा ‘हामी’को सट्टामा ‘म’ लाई विशेष जोड दिएर बोल्ने । यसले तपाईले आफ्नो निजि र नितान्त व्यक्तिगत भावनाबारे बोल्दै हुनुहुन्छ भन्ने
  • कुराको आभास दिलाउँछ । यदि यसमा तपाईले ‘तिम्रो’ र ‘हाम्रो’ जस्ता शब्द चयन गर्नुहुन्छ भने यसले तपाईको पार्टनरमा एक आपसमा दोष थुपारेको भान गराउन सक्छ ।
  • जब तपाई बातचितको निम्ति कुरा अघि बढाउनु हुन्छ, सकरात्मक कुराले बातचित शुरु गर्नुहोस् ।
  • यदि तपाईले यस समस्यासंग सम्बन्धित कुनै आर्टिकल पढ्नु भएको छ भने त्यसको साहारा पनि लिन सक्नुहुन्छ । अर्थात्, उदाहरणका लागि तपाईले ‘मलाई
  • तिमीसँग समय बिताउन एकदम मनपर्छ । तर, केहि समयदेखि म यस्तो महशुस गर्दैछु ।यसबारे तिमी के सोच्छौ?’ भनेर पनि कुरा अघि बढाउन सकिन्छ ।
  • कुराकानी अघि बढाउदा त्यस विषयप्रति पार्टनरको विचार र धारणा के छ? त्यस विषयमा पनि जान्ने प्रयास गर्नुपर्छ ।
  •  र, कसरी यसको समाधानमा पुग्न सकिएला? भन्ने विषयमा पनि उनको विचार सोध्नुपर्छ । यसो गर्नाले तपाईको पार्टनरले उसको भावना र विचारको पनि
  • कदर हुँदैछ भन्ने महशुस गर्नुका साथै उसले तपाईसामु आफूलाई यस विषयलाई सहज रुपमा लिनेछ ।

-एजेन्सी


क्याटेगोरी : अन्तर्वार्ता / विचार, अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ