२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्ययौनजीवनमा प्रकाश छर्ने यी उपयोगी ६ काइदा

यौनजीवनमा प्रकाश छर्ने यी उपयोगी ६ काइदा


अधिकांश जोडिबीचको सम्बन्ध उनीहरुको यौनजीवनसँग रहेको हुन्छ । यस्तै, प्रजजन र शारीरिक सुखसँग मात्र नभइ यौन भावनात्मक र मानसिक सम्बन्धसँग पनि उत्तिकै जोडिएको छ ।

पछिल्लोपटक गरेको एक अध्ययनले एउटै पार्टनरसँग मात्र यौनसम्बन्धले व्यक्ति कहिल्यै नअघाउने तथ्य पुष्टि गरेको छ । यसर्थ पनि व्यक्तिले आफ्नो तपाई आफ्नो सम्बन्धलाई सदैव सदाबहार बनाई राख्न सक्छन् । र, यदि तपाई पनि आफ्नो यौनजीवनलाई अझ खुशहाल बनाउन खोज्दै हुनुहुन्छ भने आज हामी तपाईलाई उक्त काईदाबारे बताउँदै छौः

१. एक नयाँ तरिकाबाट शरीरलाई ऊर्जा प्रदान गर्नुहोस्ः

शरीरमा नयाँ ऊर्जा प्राप्त गर्नका लागि तपाई नृत्य वा योगा पनि गर्न सक्नुहुन्छ । एकपटक जब तपाई नृत्य वा योगासंग आफूलाई जोड्नुहुन्छ तब तपाईले स्वतः आफूमा परिवर्तन भएको महशुस गर्नुहुनेछ । योगा वा नृत्यले शरीमा रक्तप्रवाह गर्न मद्दत गर्ने भएकाले यसबाट व्यक्तिमा एक किसिमको ऊर्जा प्राप्त हुन्छ । यसका साथै यस ऊर्जाको प्रभाव स्वतः तपाई मार्फत तपाईको यौनजीवनमा समेत पुग्नेछ ।

२. एक नयाँ किसिमबाट आफ्नो डोपामाइन हार्माेनलाई उजागरण गर्नुहोस्ः

यौनबाट व्यक्ति कहिल्यै नअघाउने भएपनि यौनका लागि सदैव अपनाइने उपायले भने व्यक्तिलाई हैरान बनाउन बनाउन सक्छ । यसका लागि तपाईले एक नयाँ तरिका अपनाउन सक्नुहुन्छ । सदैव एकै आशन, स्थान र समयमा यौनसम्बन्ध कायम राख्दा यसले कहिलेकाहिँ व्यक्तिमा वितृष्णा समेत पैदा गर्छ । तसर्थ, समय–समयमा आशन, स्थान र समय परिवर्तित गर्दा व्यक्तिले केहि नयाँ अनुभव अंगाल्न मौका पाउनेछन् भने अवश्य पनि यसले व्यक्तिलाई एक किसिमको सन्तुष्ट र खुसी प्रदान गर्छ ।

३. यौनतालिका तयार पार्नुहोस्ः

वर्तमान समयको व्यस्तता र कार्यतालिकाबीच यौनजीवन कहि न कहि ओझेलमा पर्न सक्छ । यसकारण पनि अधिकांश जोडिलाई अहिलेको अवस्थामा यौनतालिकाको आवश्यकता पर्छ । यसका लागि कुनै उपयुक्त समय मिलाएर प्रत्येक यौनजोडिले बाह्य वा आन्तरिक कार्यतालिकालाई पछि राख्दै यौनतालिका बनाउन जरुरी छ । जसले जोडिबीचको सम्बन्धलाई सदैव ताजा राख्न समेत मद्दत गर्दछ ।

४. प्रत्येक हप्ता नयाँ प्रयास गर्नुहोस्ः

प्रत्येक जोडिले योनसम्बन्धि केहि कक्षाहरु लिएर त्यहाँ सिकेको केहि नयाँ तरिकाहरु प्रत्येक हप्ता यौनजीवनमा प्रयास गर्नुपर्छ । यसोगर्दा यसले जोडिमा नयाँ गर्नको निम्ति इच्छा हुनुका साथै यसले व्यक्तिलाई एकै पार्टनरसँग पनि नयाँ यौन अनुभव गर्ने मौका मिल्दछ । यसका लागि जोडिले विभिन्न टेलिभिजन कार्यक्रम, इन्टरनेट वा यौन विशेषज्ञको समेत सहयोग लिन सक्छन् ।

५. कहिलेकाँहि आफ्नो पार्टनरलाई सप्राइज पनि दिनुहोस्ः

पार्टनरलाई हामीले कहिलेकाहिँ यौन सप्राइज पनि दिन सकिनछ । जस्तो योन तालिका अनुसार, सम्भोगको दिन वा समय नभएता पनि कहिलेकाहिँ केहि विशेष अवसर वा पार्टनरको मुड अनुसार, आफै पनि यौनका लागि अग्रसर भई प्रस्ताव राख्न सकिन्छ । यसो गर्नाले जोडिबचिको शारीरिक मात्र नभई खुसी र आत्मियता  पनि एक आपसमा साटिने गर्छ ।

६. आफ्नो जोडिलाई रमाईलोको अनुभव पनि दिनुहोस्ः

कहिलेकाँहि आफ्नो जोडिको अघि हस्तमैथुन गर्नाले पनि तपाईको रमाइलो प्रदान गर्न सक्छ । यसले तपाईहरुबीच एक आत्मियता स्थापना गर्न पनि मद्दत गर्छ । यसका साथै यसले जोडिबीचको तनावलाई कम गर्न समेत मद्दत गर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ