२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यके यौनसम्बन्धबाट कोरोना सर्छ ?

के यौनसम्बन्धबाट कोरोना सर्छ ?


कोभिड-१९ हाल विश्वभर नै एक त्रासको रुपमा फैलिएको छ । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको पहिलो केसको १० महिना बितिसक्दा पनि हालसम्म यस विरुद्धका कुनैपनि औषधी पत्ता लागेको छैन ।

यसका विकल्पका रुपमा विशेष रुपमा आपसी सामजिक दूरी कायम राख्न विज्ञहरुले सुझाउदै आएका छन् । यसैबीच दूरीविना असम्भव रहेको सम्भोगको दौरानमा पनि व्यक्तिमा कोरोना सर्छ त? या यसको सम्भावना कति रहन्छ भन्ने जिज्ञासा कयौंको मस्तिष्कमा उब्जिएको एक साझा प्रश्न हो ।

हामी सबैलाई थाहाँ छ, कोरोना भाइरस एकबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले पनि दिन प्रतिदिन यसको संक्रमितको संख्या उकालो लाग्दै गएको हो । तर, यौनसम्बन्धमा दुई जोडिबीच दुरी मान्य रहदैन । तसर्थ, यस अर्थमा भन्नुपर्दा, पनि सम्भोग वा यौन सम्बन्धको दौरानमा पनि व्यक्तिमा एक व्यक्तिबाट अर्काे व्यक्तिमा यसको संक्रमण सर्ने सम्भावना उत्तिकै रहन्छ ।

अर्थात्, यौनाङ्ग माध्यमबाट कोरोना भाइरस एकबाट नसर्ने भएता पनि यसका लागि व्यक्तिबीच हुने निकट,समीप्य तथा चुम्बनको माध्यमबाट भने एक आपसमा सजिलै भाइरस प्रसारण हुन्छ । यस्तै, संक्रमित एक पार्टनरको ¥याल वा थुक छोएको हातले आफ्नो आँखा, नाक वा मुखमा छुएमा यसबाट पनि संक्रमण सजिलै प्रसारण हुन्छ ।

यस्तै, पछिल्लो पटकको एक अनुसन्धानले व्यक्तिको वीर्यमा पनि भाइरसको अस्तित्व भेटिएको कुरा उल्लेख गरिएको छ । यद्यपि, हालसम्म वीर्यकै माध्यमबाट संक्रमण प्रसारित भएको कुनैपनि केश भने बाहिरिएका छैनन् । तसर्थ यससम्बन्धि थप अध्ययन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् । यद्यपि यौनसम्पर्ककै समयमा एकआपसमा संक्रमण प्रसारण भएका केशहरु भने थुप्रै रहेका छन् । उसोभए के यस महामारी क्रममा यौनसम्बन्ध कायम राख्नु उचित हुदैन त?

संक्रमणबाट बच्नका लागि सामाजिक दूरी राख्नु आवश्यक भएपनि यौनसम्बन्धबाट भाग्नु यसको उचित विकल्प भने कदापि हुन सक्दैन । अझ, सम्भोगले व्यक्तिको शारीरिक र मानसिक पक्षलाई सबल बनाउदै प्राकृतिक रुपमा प्रतिरोध क्षमता बलियो बनाउन समेत मद्दत गर्ने भएकाले पनि यस समयमा यौन सम्बन्धको महत्व अझ बढेको विज्ञहरु बताउँछन् । यद्यपि, यस समयमा संक्रमण प्रसाररित नहोस् भन्नका लागि प्रत्येक जोडिले निम्न पक्षमा विशेष ध्यान दिनुपर्छः

कोरोनाका लक्षण देखिएका समयमा सो व्यक्तिसँग यौनसम्बन्ध कायम नगर्ने

  • सकभर चुम्बनबाट बच्ने,
  • रुघाखोकीको दौरानमा पनि सकभर शारीरिक सम्बन्ध कायम नराख्ने,
  •  त्यस्ता समयमा विकल्पका रुपमा व्यक्तिले हस्तमैथुनको उपाय अपनाउने,
  • सम्पर्कको दौरानमा हात आँखा, नाम र मुख वरपर नलैजाने,
  • यौनक्रियाको समयमा पनी मास्कको प्रयोग गर्ने,
  • सेक्स–टोयको प्रयोग गर्ने व्यक्तिले प्रयोगपूर्व साबुनपानीले राम्ररी धुने,

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ