२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘थ्रु अ रेपिस्ट आइज’ अर्थात बलात्कारीको नजरबाट हेर्दा….

‘थ्रु अ रेपिस्ट आइज’ अर्थात बलात्कारीको नजरबाट हेर्दा….

 बलात्कारीको मानसिकता र त्यसबाट बच्न अपनाउन सकिने उपायहरु


बलात्कारजस्तो जघन्य अपराधका निम्ति देशैपिच्छे फरक–फरक निति–नियम एवम् कानुन रहेको पाइन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने पछिल्लो पटक लकडाउनसंगै बाहिरिएको बलात्कारका अत्याधिक घटनाका कारण समुदायमा बलात्कारीको निम्ति फाँसीको सजाय माग गर्ने व्यक्तिको संख्यामा ह्वात्तै वृद्धि आएकोे छ । यद्यपि हालसम्म सम्बन्धित निकायले भने यसबारे मुख खोलेका छैनन् ।

‘थु अ रेपिस्ट आइज’ एक त्यस्तो आर्टिकल हो । जुन कारागारमा आफ्नो जेल सजाय भोगिरहेका बलात्कारीसंग सम्बन्धित विषयवस्तु र घटनाबारे गरिएको अन्तवार्तामा आधारित रहेको छ । अर्थात्, अर्काे सरल भाषामा भन्ने हो भने बलात्कारीको योजना, भय र अपराधबारे बलात्कारीकै मुखबाट सुनिएको सो कुराबाट बलात्कारी एवम् यौन दूव्र्यहार गर्ने व्यक्तिको मानसिकतालाई एक रोचक ढंगबाट केहि हदसम्म उजागर गर्न खोजिएको छ । अनुसन्धानमा आधारित रहेको यस लेख प्रकाशन एवम् संवादका लागि संवादाता डेभिड पोटोयले १ हजार डलरको माग गरेको बताइन्छ भने, उनले अन्तवार्ता लिएको कैदिको परिचय भने यहाँ खुलाइएको छैन ।

वास्तवमै पनि यो अधिकांशको कौतूहलताको विषय हुनसक्छ कि, बलात्कारजस्तो पशुगत अपराध गर्न खोज्ने व्यक्तिको वास्तविक मानसिकता कस्तो हुन्छ त? हामीले उनीहरुको योजना भंग गर्न सक्छौ कि सक्दैनौ? र यदि आफू त्यसको शिकारको लक्ष्यमा परिए के गर्ने त? यसै बलात्कारीको मानसिकता, उनीहरुलाई पहिचान गर्ने आधार, अनि आफू त्यस्तो हिंस्रक हिंसाको शिकार नहोस् भन्नका बलात्कारीको योजना भंग गर्ने उपाय समेटिएको सो अंग्रेजी आर्टिकललाई हामीले हाम्रो समाजमा पनि उत्तिकै उपयोगी हुने सम्भावना देखिएको कारण हामीले आफ्नै शैलीमा नेपालीमा अनुवाद गर्ने प्रयास गरेका छौ ।

लिइएको उक्त अन्र्तवार्ताबाट के प्रस्ष्ट हुन्छ भने, बलात्कारजस्तो अपराधिक गतिविधिको क्रियाकलापसंग जोडिएका अधिकांश व्यक्तिहरु आफू भने यसबाट निस्कने निस्कर्षबाट जोगिनका लागि थुप्रै उपायहरु अपनाएको देखिन्छ । यद्यपि तीमध्ये अधिकांश आफ्ने डर र भयका कारण त्यस्ता स्थितिको सामना गर्न सक्दैनन् । र, कानुनको दायरामा पर्छन् । आमव्यक्तिलाई आश्चर्यसंगै सत्यको नजिक लैजाने प्रयास गर्ने सो तथ्यहरु निम्न रहेका छन्ः

१.  बलात्कारीले सम्भावित पिडितमा सबैभन्दा पहिले उनीहरुको कपालको स्टाइल अर्थात् हेयर स्टाइल हेर्छन् । जसमा पनि कपाल बाटेका वा टाउकोको पछाडिको माथिल्लो भागमा कपाल बाँधेर छोडेका युवतीहरु उनीहरुको पहिलो प्राथमिकतामा पर्छन् । यस्तै, छोटो कपाल भएको तुलनामा भन्दा लामो कपाल भएका महिलाहरु उनीहरुको विशेष रोजाइमा पर्छन् ।

२. त्यस्ता अपराधिक मनोस्थिति भएका व्यक्तिले आफ्नो शिकारमा हेर्ने दोस्रो पक्ष भनेको उनीहरुको कपडा हो । उनीहरुका अनुसार आफूले शिकार बनाउन लागिएको व्यक्ति(विशेषगरी महिला) को कपडा सजिलै खोल्न सकिन्छ वा सकिदैन भनेर जाँच गर्छन् । यद्यपि, यस्ता मनासय भएका अधिकांश व्यक्तिहरु आफ्नो साथमा कैंची तथा कपडा काट्न सकिने अन्य औजारहरु बोकेर हिड्छन् ।

३. यससँगै हिडिरहेको समयमा पनि मोबाइल चलाइ राखेका, आफ्नो पर्समा केहि खोजिराखेका या अन्य विषयवस्तुप्रति नै ध्यान दिइराखेकाले महिलालाई सजिलै वशमा लिन सकिने विश्वासका साथ त्यस्ता महिलाहरुलाई उनीहरुले आफ्नो आहार बनाउन खोज्छन् ।

४. लगत्तै उनीहरुले आफ्नो योजनाअनुरुप मौका छोपेर व्यक्तिको अपहरण गरी उचित स्थानमा लैजान्छन् । अधिकांश यस्ता घटनाहरु सबैभन्दा बढि पार्किङस्थल वा किराना पसल, अफिसको पार्किङस्थल-ग्यारेज र सार्वजनिकस्थलबाट हुने गरेको पाइन्छ ।

५. सो व्यक्तिहरुले जनाए अनुसार धेरैजसो उनीहरु छाता वा अन्य सामाग्रीको प्रयोगका कारण अरु व्यक्तिको दूरीमा रहेका बेला महिलाहरुलाई अपहरण गर्ने लक्ष्य राख्छन् ।

६. यदि अपहरण गरिएको महिलाले आफ्नो शारीरिक एवम् मानसिकरुपबाट नै हिम्मतका साथ उनीहरुको यस्तो हर्कतको विरोध गरेमा यसले बलात्कारीको मनोबल घट्ने सम्भावना उच्च रहन्छ । किनकी, यसो गर्नाले उनीहरुको समय खेर जाने र अन्यले थाहा पाउने भएकाले केहि आंशिक समयमा नै उनीहरुको मनोबलमा हृास आउँछ ।

७. योजनाअनुरुप अपराधिले अपहरण गरेपछि सो व्यक्तिलाई अरुले नभेट्ने गरी दोस्रो स्थानमा सकभर छिटो लैजान खोज्छन् ।
यी त थियो बलात्कारीको मानसिकता र उनीहरुको योजना । तर, यदि आफू पनि कहिँ कतै यस्तै अपराधिको नजरमा परियो भने के गर्ने त? उनै बलात्कारीको अन्र्तावार्ता बाट लिइएको यी उपाय पनि वास्तवमै उपयोगी रहेका छन् । उनीहरुका अनुसार, यदि आफुले शिकारका लागि टार्गेट बनाइएको सो महिला आफूसंग आँखामा आँखा जुधाएर केहि प्रश्न गर्ने हिम्मत राख्छन् भने सो महिलालाई बलात्कार गर्ने उनीहरुको मनोबलमा स्वतः गिरावट आउँछ । अर्थात्, जस्तोः कुनै व्यक्तिले तपाईलाई पिछा गरेको महशुस भयो भने आफै रोकिएर सो व्यक्तिसंग बोल्नुस् ।

यसका लागि तपाईले उनीहरुलाई सिधै गाली नगरेर उनीहरुसंग समय पनि सोध्न सक्नुहुन्छ । यस्तै, यदि तपाईलाई शंका लागेको व्यक्ति र तपाई एउटै लिफ्टमा हुनुहुन्छ भने मौसमको बारेमा पनि कुरा गर्न सक्नुहुन्छ । यसो गर्नाले सो व्यक्तिको बलात्कार गर्ने आत्मविश्वासमा कमी आउँछ ।

यस्तै, उनीहरुको अनुभव अनुसार, धेरै महिलाले आफूसंग भएको केहि वस्तुको प्रयोगबाट तत्काल प्रतिवाद गर्छन् भने यसबाट पनि उनीहरुको योजना असफल रहन्छ । जस्तोः यदि कुनैपनि व्यक्ति भिडभाड वा एकान्तको मौका छोपी तपाईको नजिक आएर केहि नकरात्मक हर्कत गर्न खोज्छन् या तपाईलाई यस्तो अनुभुति हुनासाथ तपाई आफूसंग भएको जुनसुकै वस्तुको प्रयोगले तुरुन्त त्यसको प्रतिवाद गर्न सक्नुहुन्छ । उदाहरणका लागिः आफूसंग साँचो भए त्यसले घोचिदिने वा हान्ने । यसो गर्नाले अपराधका लागि तयार रहेका व्यक्तिमा तुरुन्त तपाई माथि हमला गर्न उनीहरुले सोचेजस्तो सहज छैन भन्ने मानसिकता सिर्जना हुन्छ ।

महिलाका यस्ता गतिविधिकै कारण उनीहरुको थुप्रै योजनाहरु विफल भएको उनीहरुले बताएका थिए । तसर्थ यसका लागि तपाईले अन्य आत्मरक्षा उपायहरु अवलम्बन गर्न सक्नुहुन्छ । जस्तैः तपाईलाई शंका लागेको व्यक्ति तपाईको नजिक बढ्दै छ भने ऊ नजिक आउनु अगावै आफ्नो हातले रोकेर ठूलो स्वरमा ‘स्टप’ या रोक भन्न सक्नुहुन्छ । तर, यदि कसैले तपाईको हात पछाडिबाट समातेको छ वा मुख थुन्दैछ भने तपाईले टोक्ने वा आफ्नो हातले उनीहरुको तिघ्रा वा कुमतिर बेस्सरी चिमोट्न पनि सक्नुहुन्छ । जबसम्म उनीहरुले छोड्ने संकेत गर्दैनन् तबसम्म आफ्नो सम्पूर्ण बलले यसलाई निरन्तरता दिने र सम्भव हुनासाथ पुरुषका संवेदनशिल अङ्ग तथा लिङ्गमा जोडले हान्नुपर्छ । यसो गर्नाले अत्याधिक पिडा हुने भएकाले उनीहरुमा तपाईलाई नियन्त्रण गर्ने बल हुदैन र तपाई यसबाट बच्न सक्नुहुन्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ