२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकस्तो प्रकारको वीर्यले बढाउँछ प्रजनन समस्या ? समाधानका उपाय के ?

कस्तो प्रकारको वीर्यले बढाउँछ प्रजनन समस्या ? समाधानका उपाय के ?


चरम उत्तेजनापछि पुरुषमा मुत्रमार्ग हुँदै वीर्य बाहिर निस्कन्छ । यसरी निस्कने वीर्यले आफूसंगैे धेरै शुक्राणु र फ्ल्युडहरु समेत लिएर निस्कन्छ । सामायतयाः वीर्यको प्रकार गाढा एवम् सेतो तरल हुन्छ । यद्यपि यसको प्रकार व्यक्तिपिच्छे फरक–फरक हुने गर्छ । यसको प्रकार कसैमा बाक्लो र गाढा रहन्छ भने कसैको भने पातलो किसिमको हुन्छ ।

तुलनात्मक रुपमा पातलो तरल वीर्यले कम शुक्राणुतर्फ संकेत गर्छ । यसका साथै पातलो वीर्यले सम्भावित प्रजनन स्वास्थ्य सम्बन्धि समस्यालाई  पनि बढाउँछ ।

विशेषगरीः कम वीर्यको मात्रा, लगातारको उत्तेजना, जिंकको अभाव तथा पूर्व–स्खलनका कारण व्यक्तिको वीर्य पातलो पानीजस्तो हुने गर्छ । यस्तो वीर्य हुने व्यक्तिको स्खलन चरम आनन्द अगावै हुने भएकाले व्यक्तिले चाहे अनुरुप यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।

उसोभए, यसरी यौन सन्तुष्टिको बाधक देखि प्रजननको सम्भावनालाई समेत कम गर्ने र पातलो वीर्यको समस्याबाट राहत कसरी पाउने त?  व्यक्तिको जीवनशैली र उसका गतिविधिद्धारा पनि वीर्यको प्रकारमा परिवर्तन ल्याई यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । तसर्थ, यसका लागि व्यक्तिले निम्न पक्षहरुमा विशेष जोड दिनुपर्छ ।

समाधानका उपायहरुः

  • जीवनशैली परिवर्तन गर्ने,
  • धुम्रपान र मद्यपानबाट टाढा रहने,
  • जिंकयुक्त खानाको प्रयोग गर्ने,
  • भिटामिन सीयुक्त आहार सेवन गर्ने,
  • सकेसम्म तनावबाट टाढा रहने,
  • उचित तौल कायम राख्ने र मोटो व्यक्तिले तौल घटाउने,
  • प्रत्येक रात सुत्नुअघि उमालेको प्याजको रस र महको मिश्रण एक चम्चा सेवन गर्ने,
  • नियमित व्यायाम गर्ने,
  • र, सम्बन्धित चिकित्सकको सल्लाह लिने ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ