२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् जाडोयाममा सम्भोग गर्नुका ७ फाइदाहरु

यी हुन् जाडोयाममा सम्भोग गर्नुका ७ फाइदाहरु


के तपाईलाई थाहाँ छ, जाडोयाममा सम्भोग कायम राख्नुका थुप्रै फाइदाहरु रहेका छन्?  सुन्दा अचम्म र हाँस्यपद लागेपनि यो सत्य हो । वैवाहिक जीवनमा यौन नभई नहुने अत्यावश्यक पक्ष हो । यसले दाम्पत्य जीवनमा रहेका जोडिबीच आत्मीयता कायम गर्दै प्रजननद्धारा उनीहरुलाई अभिभावक बन्ने मौका समेत प्रदान गर्दछ । सम्पूर्ण प्राणी जगतकै लागि अत्यावश्यक पक्ष रहेको यौनलाई बाहिरी पर्यावरणले पनि उत्तिकै असर गर्दछ ।

आज यहाँ हामी जाडोयाममा सम्भोग गर्नुका फाइदाबारे छलफल गर्दैछौ । अन्य समयमाभन्दा यस समयमा स्थापित गरिने सम्भोगबाट व्यक्तिले अधिक स्वास्थ्य लाभहरु लिन सक्छन् । जुन निम्न अनुसार रहेका छन्ः

१. उचित निन्द्रा प्रदान गर्छ,

जाडो मौसममा धेरै परिवर्तनहरु आउँछन् जसले हाम्रो दैनिक जीवनशैलीमा प्रभाव पार्दछ । यस समयमा रुघा लाग्ने घाँटि खराब हुने तथा निन्द्रामा समस्या आउनेजस्ता समस्याहरु देखिन सक्छ । छिटो र उचित निन्द्राकको लागि शरीर न्यानो हुन आवश्यक छ र, यसका लागि सबैभन्दा उत्तम उपाय भनेकै सम्भोग हो ।

२. शरीरमा तापक्रमको प्रसार,

जाडोयाममा शरीर चिसो हुने समस्या सबैलाई देखिने आम समस्या हो । तर, सम्भोगका दौरानमा शरीरका प्रत्येक अंग क्रियाशिल रहने भएकोले यसले शरीरमा एक किसिमको तापक्रम प्रसारण गरी शरीरलाई न्यानो राख्न मद्दत गर्दछ ।

३. तनाव कम गर्न मद्दत,

दैनिक रुपमा ८–१० घन्टा लगातार रुपमा  काम गर्ने क्रियाकलापले व्यक्तिमा तनाव पैदा गर्न सक्छ । यसरी व्यक्तिको दिनभरको तनाव एवम् थकानलाई टाढा राख्नका लागि रातमा गरिने सम्भोग काफी रहन्छ । सम्भोगले व्यक्तिको नशालाई क्रियाशिल बनाउदै लामो–लामो सास फेर्ने प्रणालीलाई निष्काशन गर्छ । यस्तै, यसले व्यक्तिलाई मानसिक रुपमा सक्रिय राख्नका लागि मद्दत गर्छ । यद्यपि, यो प्रकृया जाडोयाम मात्र नभई जुनसुकै मौसममा पनि उपयुक्त रहन्छ ।

४. गर्भधारणको सम्भावना उच्च रहन्छ,

जाडोयाममा गरिने सम्भोगको फाइदामध्ये गर्भधारणको सम्भावना उच्च रहनु पनि एक हो । टेलिग्राफको युकेका अनुसार जाडोयाममा अधिकांश महिलाले गर्भधारण गर्छन् । यद्यपि, यसको मुख्य कारण जाडोयाममा आफ्ना कार्यकालबाट धेरैले पाउने छुट्टि भएकोले पनि यो सम्भव भएको विज्ञहरु बताउँछन् । जसकारण पनि अधिकांश शिशुहरु अंग्रेजी महिना सेप्टेम्बर र अक्टोबरका बीच(अघिल्लो जाडोयामको ९ महिना पश्चात्)मा जन्मिन्छन् ।

५. रोगबाट राख्छ टाढा
जाडोयाममा चिसोका कारण व्यक्तिमा अनेकौं शारीरिक समस्याहरु देखिन्छन् । यद्यपि सम्भोगको माध्यमबाट यी सबै शारीरिक तनावलाई टाढा राख्नमा सम्भोगको महत्वपूर्ण भुमिका रहन्छ । सम्भोगको दौरानमा शरीरले निक्ष्काशन गर्ने ऊर्जाले हाम्रो शरीरको बाहिरी एवम् भित्री दुवै भागमा न्यानो राख्दै रोगविरुद्ध लड्ने प्रतिरोध क्षमताको अभिवृद्धि गर्नमा उल्लेखनीय भुमिका निर्वाह गर्दछ ।

६. टेस्टोस्टोरेनको मात्रा उच्च रहनु,

मौसम अनुसार व्यक्तिको शरीरमा हार्माेनको मात्रा तलमाथि भइरहन्छ । यस्तै, जाडोयाममा पुरुषमा टेस्टोस्टेरोनको मात्रा बढ्छ भने गर्माीयाममा यसै हार्माेनको स्तरमा कमी आउँछ । जसले पुरुषमा यौन उत्तेजनामा हुँदै योन सन्तुष्टि समेत प्राप्त गर्न मद्दत गर्छ ।
७. मोटोपनबाट बचाउँछ, 

अन्त्यमा, सम्भोगले व्यक्तिलाई गर्ने अर्काे फाइदा भनेको मोटोपनबाट बचाउनु हो । हामीलाई थाहाँ नै छ, जाडोयाम यस्तो मौसम हो जुन बेला हामी अधिक अल्छि हुन्छौ र हामीलाई अत्याधिक भोक पनि लाग्छ । जसकारण हाम्रो तौल अन्य समयभन्दा यस समयमा बढ्छ । तर, सम्भोगले शरीरमा रहेको फ्याटलाई सजिलै बर्न गर्छ । करिब ३० मिनेटको यौन क्रियाकलापले व्यक्तिको शरीरको ८५– देखि १५० सम्म क्यालोरी बर्न गर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ