२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययौन प्रसारित रोग कसरी सर्छ? यसको रोकथामका उपाय के?

यौन प्रसारित रोग कसरी सर्छ? यसको रोकथामका उपाय के?


यौन प्रसारित रोगलाई चिकित्सा क्षेत्रअन्तरर्गत ‘सेक्सुअल ट्रान्समिशन डिजिज’(एसटिडि)पनि भनिन्छ । अर्थात्, यौनको माध्यमबाट एकबाट अर्काे व्यक्तिमा सर्ने रोगलाई नै एसटिडि भनिन्छ । यौनजन्य रोग लागेको कुनै पनि व्यक्तिसँगको असुरक्षित योनी, गुद्धार तथा मुखमैथुनको माध्यमबाट यो एकदेखिअर्काे व्यक्तिमा सर्छ ।

यद्यपि, यो यौनको माध्यमबाट मात्रै यो रोग प्रसारित हुन्छ भन्ने होइन । केहि विशिष्ट प्रकारको एसटिडि सुई(खोप) वा स्तनपानको माध्यमबाट पनि प्रसारित हुन्छ ।

कुनै पनि व्यक्ति एसटिडि संक्रमणबाट शिकार भए वा नभएको शरीरमा देखिने लक्षणबाट पनि पहिचान गर्न सकिन्छ । अर्थात्, शरीरमा आएको परिवर्तन एवम् लक्षणले पनि व्यक्ति संक्रमण भए वा नभएको तर्फ संकेत गर्छ । यद्यपि, यस रोगको संक्रमण लागि सकेपछि महिला र पुरुषमा देखिने लक्षणहरु भने निम्न रहेका छन्

लक्षणहरु

. यौनसम्पर्कको दौरानमा दुखाई वा असहज महशुस हुनु,

२. लिङ्ग-योनी, गुद्धार, अण्डकोष नितम्ब, फिला तथा मुख वरपर चिलाउनु र स–साना बिबिरा देखा परी दुख्नु,

३. यौनाङ्गबाट असामान्य श्राव हुनु(दुवैमा),

४.महिलामा रक्तश्राव हुनु,

५. पुरुषमा अण्डकोष दुख्नु र सुन्निनु,

६. र, महिलामा योनी चिलाउनु ।

समाधान तथा रोकथामका उपायहरु
एसटिडिको समयमै उपचार नगरिएमा यसले व्यक्तिमा एचआइभि, एड्स, मुख क्यान्सर, गर्भाशय क्यान्सरजस्ता जोखिमलाई बढाउने भय रहन्छ । तर, समयमै भएको उपचारले भने यस्ता रोगलाई पुर्ण रुपमा निर्मुल पार्न सकिन्छ ।

तसर्थ, यस रोग आफूमा नलागोस् भन्नका लागि व्यक्ति बेलैमा सर्तक त रहनुपर्छ नै यससंगै आफूमा संक्रमण भए नभएको थाहा पाउनका लागि बेलाबेलामा आवश्यक स्वास्थ्य जाँच गराउनुपर्छ ।

१. एकल यौन पार्टनरलाई प्राथमिकता दिने,

२. यदि नयाँ पार्टनरसँग यौन सम्बन्ध स्थापित गर्नुहुदैछ भने दुवैले यसअघिका यौन गतिविधि बारे एक अर्कालाई खुला रुपमा बताउने,

३. एसटिडिका लक्षण देखिएका व्यक्तिसँग यौनसम्बन्ध कायम नगर्ने,

४. सकिन्छ, भने यौनसम्पर्कको समयमा अनिवार्य रुपमा कन्डमको प्रयोग गर्ने,

५. समय–समयमा यौन स्वास्थ्य जाँच गर्ने,

६. मल्टिपल पार्टनर भएका व्यक्तिसँग सकेसम्म यौनसम्बन्ध स्थापित नगर्ने वा त्यस्ता व्यक्तिसँगको यौनसम्बन्धमा कन्डमको प्रयोग अनिवार्य रुपमा गरी मुखमैथुनका गतिविधिबाट टाढै रहने,

७. र, यौनसम्बन्धि कुनै समस्या वा माथिका कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ