२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाको नयाँ स्वरूप सोचे जति घातक छैन : अध्ययन

कोरोनाको नयाँ स्वरूप सोचे जति घातक छैन : अध्ययन


बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्वरूपले विश्वभर नै एक किसिमको हलचल पैदा गरेको छ। यो नयाँ स्ट्रेनलाई सार्स-सीओभी-२को दाँजोमा अत्याधिक संक्रामक मानिएको छ।

नेपाल समेत विश्वभरका देशमा यस नयाँ स्ट्रेनलाई लिएर सतर्कता अपनाउँदै बेलायतलाई प्रतिबन्ध लगाइएको छ। ताकि नयाँ स्वरुपलाई रोक्न सकियोस। । यसैबीच कति देशमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेलामा नयाँ स्वरूपले पुन: मानिसमा त्रास सिर्जना गरेको छ।

जति मानिसहरुले हानिकारक हुने सोचेका छन् कोभिड-१९ को यो नयाँ प्रकार त्यति नहुने पनि एक अध्ययनले देखाएको छ।  ब्रिटेनको यूनिभर्सिटी अफ रिडिङ्गमा बायोलोजीका प्रोफेसर रहेका इयन जोन्सले भने, ‘बायोलोजीको सामान्य नियम यो छ कि भाइरस जति छिटो फैलन्छ त्यससँग सम्बन्धित रोग त्यति कम घातक हुन्छ। वास्तवमा नै यो एक नयाँ परिकल्पना हैन । खासमा यो १९ औं सताब्दीका चिकित्सक थेओबल्ड स्मिथद्वारा प्रस्तावित ‘भाइरलमा गिरावटको कानून’मा आधारित छ। स्मिथकाअनुसार एक रोगजनक र एक होस्टकोबीच एक नाजुक सन्तुलन छ जुन भाइरसलाई कम घातक स्ट्रेनमा विकसित हुने अनुमति दिन्छ।’

निश्चित रूपबाट ‘B.1.1.7’ वा ‘VUI-202012/01’ को नामबाट चिनिने उक्त नयाँ भाइरसको रुप सार्स-सीओभी-२को पहिलो उत्परिवर्तन भने हैन। तर यो जाँचको दायरामा ल्याइएको पहिलो उत्परिवर्तन हो।

‘यदि कुनै भाइरस धेरै घातक छ भने अर्को व्यक्तिलाई संक्रमित बनाउन र फैलने मौका मिल्नु अघि नै आफ्नै होस्टलाई मार्ने सम्भावना बढी हुन्छ।’ ,उनले थपे।

सुरुवातमा ५० हजार जीनोममध्ये १२ हजारभन्दा बढी म्युटेशन पाइएको थियो र अहिलेसम्म वैज्ञानिकले यस संख्या देखि ४ गुणा भन्दा बढी उत्परिवर्तन रहेको पुष्टि गरेका छन्। अहिलेसम्म कोभिडको यो नयाँ स्वरुप सबैभन्दा बढी गम्भीर छ भन्नेकुराको अहिलेसम्म बलियो प्रमाण पाइएको छैन। तर तीव्ररुपमा यो नयाँ स्वरूप फैलन्छ भन्ने चाहिँ पर्याप्त प्रमाण रहेको छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ