२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिड भएपछि भ्याक्सिन लगाउनेहरूमा ‘सुपरह्युमन इम्युनिटी’, जसले गर्छ बुलेटप्रुफजस्तै सुरक्षा

कोभिड भएपछि भ्याक्सिन लगाउनेहरूमा ‘सुपरह्युमन इम्युनिटी’, जसले गर्छ बुलेटप्रुफजस्तै सुरक्षा


न्युयोर्क—कोभिड—१९ को संक्रमणपछि भ्याक्सिनको दुवै डोज लगाउने केही व्यक्तिहरुमा सुपर एन्डीबडी विकास भएको पाइएको छ । जसले एक बुलेटप्रुफजस्तै कोभिड—१९ संक्रमणबाट बचाउने दावी गरिएको छ ।

यो दावी न्युयोर्कको रकफेलर युनिभर्सिटीका शोधकर्ताले गरेका हुन् । उनीहरुले हालै यसमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुकाअनुसार कोभिड—१९ संक्रमणपछि दुवै डोज खोप लगाएका व्यक्तिहरुको रोगसँग लड्ने प्रतिरोध क्षमतामा उल्लेख वृद्धि भएको देखिन्छ, जसका कारण संक्रमण हुनेबितिकै एन्डीबढीले तुरुन्तै प्रतिरोध गर्छन् ।

यसलाई ‘सुपरह्युमन इम्युनिटी’ नाम दिइएको छ । शोधकर्ताहरुकाअनुसार सुपर इम्युनिटी कोभिड—१९ का फरक—फरक भेरिन्ट विरुद्ध लड्नका लागि तयार रहन्छ ।

न्युयोर्कको रकफेलर युनिभर्सिटीका वैज्ञानिहरुले कोभिड—१९ इम्युनिटीमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानबाट यो पत्ता लगाउने कोशिश गरिएको थियो कि संक्रमणपछि कोभिड इम्युनिटी र नेचुरल इम्युनिटी कतिसम्म कोभिड—१९ भाइरसबाट बचाउँछ । अनुसन्धानमा फाइज र मोर्डनाको भ्याक्सिन लगाउने व्यक्तिहरुलाई सामेल गरिएको थियो ।

सामान्य भाषामा भन्दा यी दुवै भ्याक्सिन कोभिड—१९ को जेनेटिभ मेटेरियल एमआरएनएले शरीरको इम्युन सिष्टममा यस्तो प्रकारले ट्रेन गर्छ कि यो भाइरसको संक्रमण तुरुन्तै थाहा पाएर यससँग लड्नका लागि एक्टीभ हुन्छ ।

जो व्यक्तिहरु कोभिड—१९ संक्रमणमुक्त भएका छन्, उनीहरुको इम्युन सिष्टम धेरै हदसम्म कोभिड—१९ भाइरससँग लड्न सिकिसक्छ । त्यसपछि भ्याक्सिनको दुवै डोजपछि त्यो क्षमता सुपर प्रोजेक्टेड भएको पाइएको थियो । अनुसन्धानमा कोभिड—१९ सँग लड्नका लागि शरीरमा एक प्रकारको सुरक्षा कवच विकसित भएको पाइएको थियो ।

यसरी काम गर्छ सुपरह्युमन इम्युनिटी

मानिसमा इम्युनिटी दुई प्रकारले बन्ने गर्छ । पहिलो ती व्यक्तिहरु जो भाइरसबाट पहिले नै संक्रमित भइसकेका हुन्छन् । दोस्रो ती जसलाई भ्याक्सिन लगाएका छन् ।

जो व्यक्ति पहिले नै कोभिड—१९ संक्रमण भइसकेका छन्, उनमा बनेको नेचुरल इम्युनिटी अलग प्रकारले काम गर्छ । भाइरसको संक्रमण भएपछि यसले कयौ प्रकारले सुरक्षा दिन्छ । जस्तो कि इम्युन सिष्टमको वी र टी कोषिका भाइरसलाई पहिचान गर्न सक्षम हुन्छन् । सामान्यतयाः यस्तो इम्युनिटी ७ देखि ८ महिनासम्म रहन्छ । एक वर्षपछि पनि कोषिकाहरुले भाइरसलाई पहिचान गर्ने कोशिस गर्छन्, तर नयाँ भेरियन्टको संक्रमणको खतरा भने बढ्ने गर्छ ।

नेचुरल इम्युनिटी प्राप्त गरिसकेपछि यदि कोही व्यक्तिले भ्याक्सिन लगाउँछन् त रोगसँग लड्ने इम्युन सिष्टमको मेमोरी भाइरसँग लड्नका लागि अझ तेज हुन्छ । भ्याक्सिन एक प्रकारले इम्युन सिष्टमको सिंग्नल दिने काम गर्छ । जसका कारण लामो समयसम्म भाइरसलाई रक्षा गर्न तयार हुने बताइएको छ ।

कोभिड—१९ को संक्रमणपछि भ्याक्सिनको दुवै डोज लगाउने व्यक्तिमा संक्रमणसँग लड्नका लागि १०० गुणा बढी सुरक्षा दिने एन्डीबडी तयार गर्छ । यो भेरिन्ट कोभिडका खतरापूर्ण भेरियन्ट द्य।ज्ञ।घछज्ञ बाट समेत सुरक्षा दिने सक्ने बताइएको छ ।

रकफेलर युनिभर्सिटीका भाइरोलोजिष्ट थियोडोरा हैटजियोआनोकाअनुसार कोभिड संक्रमण जितिसकेपछि भ्याक्सिनका दुवै डोज लगाउने व्यक्ति यतिबेला भाइरसँग लड्नका लागि सबैभन्दा राम्रो स्थितीमा छन् । यस्ता मानिसहरुको रगतमा रहेको एन्टीबडी २० वर्ष पहिले देखिएको कोरोना भाइरसलाई माथ दिन सक्छ । यो भाइरस सार्स कोभ२ भन्दा काफी अलग हो ।

अमेरिकामा सन् २०२१ को अगष्टसम्म भ्याक्सिनको दुवै डोज लगाएका करिब १७ करोड मानिसमा संक्रमण भयो । जसमध्ये १० हजार ५ सयलाई दोस्रो पटक कोभिड—१९ संक्रमण भयो भने २ हजारको मृत्यु भयो । वैज्ञानिकहरुकाअनुसार भ्याक्सिनको प्रभावका कारण मृत्यु आँकडामा काफी कमी भएको हो ।

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य, समाचार
ट्याग : #‘सुपरह्युमन इम्युनिटी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ