२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यसन् २०२० मा टिबी रोगबाट दशककै सबैभन्दा बढीको मृत्यु, १५ लाखले गुमाए ज्यान

सन् २०२० मा टिबी रोगबाट दशककै सबैभन्दा बढीको मृत्यु, १५ लाखले गुमाए ज्यान


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टिबी (ट्युबरकलोसिस) सम्बन्धी एक रिपोर्ट सार्वजनिक भएको छ । ग्लोबल ट्युबरकलोसिस रिपोर्ट २०२१ काअनुसार पछिल्लो एक दशकमा टिबीबाट सबैभन्दा बढी १५ लाखको मृत्यु सन् २०२० भएको छ ।

यसको एक तिहाइ अर्थात ५ लाखको मृत्यु भारतमा मात्रै भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टकाअनुसार सन् २०१९ को आँकडाको तुलनामा सन् २०२० मा टिबीबाट मृत्यु हुनेको संख्या १३ प्रतिशतले बढोत्तरी भएको छ । यसको कारण कोभिड—१९ लाई मानिएको छ ।

डब्लुएचओका डाइरेक्टर जनरल डा. टेड्रोस अधानोम ग्रैबिएससका भन्छन्, ‘संसारभरमा कोभिड—१९ का कारण टिबीका बिरामीको उपचार प्रभावित भयो । जसलाई उपचार प्राप्त हुन सकेन् ।’

रिपोर्टअनुसार संसारभर १ करोड मानिस टिबीसँग लडिरहेका छन् । जसमा ११ लाख बालबालिका पनि सामेल छन् ।

टिबीका ९८ प्रतिशत केसहरु यस्ता देशहरुमा छन्, जो गरिबीको मार खेपिरहेका छन् । टिबीका सबैभन्दा बढी बिरामी भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान र दक्षिण अफ्रिकाजस्ता देशहरुमा छन् ।

डब्लुएचओले सन् २०१५ देखि २०२० सम्म टिबीबाट मृत्यु हुनेको संख्या ३५ प्रतिशत घटाउने लक्ष्य राखेको थियो । तर, यो लक्ष्य पूरा भएन । टिबीबाट हुने मृत्युमा ९.२ प्रतिशतले मात्रै कमी आएको पाइएको छ ।

रिपोर्टअनुसार कोभिड—१९ कालमा उपचार नमिलेका कारण बिरामीको मृत्यु बढेको हो । तर, टिबीका नयाँ केसहरुमा भने कमी आएको छ । मास्क र अन्य सावधानीका कारण नयाँ बिरामीको संख्यामा कमी आएको बताइएको छ । सन् २०१९ देखि २०२० मा टिबीको केसहरुमा ४१ प्रतिशतले गिरावट आएको छ । टिबीका केसहरु इन्डोनेसियामा १४ प्रतिशत, फिलिपिन्समा १२ प्रतिशत र चीनमा ८ प्रतिशतले कमी आएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ