२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यलो-ब्लड प्रेसर भएका व्यक्तिमा पनि स्ट्रोकको जोखिम

लो-ब्लड प्रेसर भएका व्यक्तिमा पनि स्ट्रोकको जोखिम


उच्च रक्तचाप मस्तिष्कघातको मुख्य कारण हो, भन्ने प्राय सबैलाई थाहाँ नै छ। तर, हालैको अनुसन्धानमा अर्को कारण दिइएको छ। नयाँ अनुसन्धानले कम रक्तचापका कारण पनि स्ट्रोक हुने बताएको छ । यो दाबी बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ता डा. ह्युगो जे एप्रिसियोले आफ्नो अनुसन्धानमा गरेका हुन् । अनुसन्धानकर्ताका अनुसार कम रक्तचापका बिरामीमध्ये १० प्रतिशतलाई स्ट्रोकको जोखिम हुन्छ ।

कम रक्तचाप र स्ट्रोकबीचको सम्बन्ध बुझ्न वैज्ञानिकहरूले ३० हजार वृद्ध व्यक्तिहरूको अध्ययन गरे जो इस्केमिक स्ट्रोकबाट पीडित थिए। जसमध्ये १८ महिनाअघि मस्तिष्कघातको केस आएको थियो ।

स्वास्थ्य तथ्याङ्कलाई हेर्दा धुम्रपान गर्ने, मुटुका बिरामी वा डिमेन्सिया वा क्यान्सरबाट पीडित बिरामीहरूलाई स्ट्रोकको जोखिम अझ बढी  देखिएको विज्ञहरुको भनाइ छ । उच्च रक्तचाप मात्र होइन, कम रक्तचापले पनि स्ट्रोक निम्त्याउन सक्छ भन्ने अनुसन्धान तथ्याङ्कले देखाउँछ।

स्ट्रोकको जोखिमबाट बच्न न्यून रक्तचापमा ख्याल राख्नुका साथै यसका जोखिम कारकहरूबाट आफूलाई जोगाउनुपर्ने अनुसन्धानकर्ताहरू बताउँछन्। यसको लागि धुम्रपानबाट टाढा रहनु पर्छ। मुटुरोग र क्यान्सरको जोखिम कम गर्ने जीवनशैली अपनाउनु पर्दछ।

निम्न रक्तचाप सामान्य राख्न यी कुरामा ध्यान दिनुहोस्

  • खानामा नुनको मात्रा सामान्य राख्नुहोस् । शरीरको रक्तचापलाई सामान्य राख्न नुनले महत्त्वपूर्ण भूमिका खेल्छ।
  • दिनभरि कम्तिमा ८ गिलास पानी वा अन्य तरल पदार्थ (दूध, महि, जुस, लस्सी) ले शरीरलाई हाइड्रेटेड राख्नुहोस्।
  • तनाव लिनबाट बच्नुहोस् र चुरोट, रक्सी वा अन्य मादक पदार्थबाट टाढा रहनुहोस्।
  • आफ्नो आहारमा हरियो सागसब्जी र फलफूल बढी समावेश गर्नुहोस्।
  • उच्च कार्बोहाइड्रेट चीजहरू नखानुहोस्।

एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स, महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ